कहाँ–कहाँ प्रभावित हुन्छ यातायात ?………

बैशाख २८, २०७५  काठमाडौं– काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि शुक्रवार जनकपुर हुँदै काठमाडौं आउँदै छन् ।  जनकपुरबाट हेलिकप्टरमा करिब १ः३० बजे अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने छन् । मोदीको भ्रमणका कारण राजधानीका केही सडक खण्डमा यातायात प्रभावित हुने भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार भारतीय प्रधानमन्त्री हिँड्ने रुटमा १५ मिनेट अगाडि मोटरसाइकल र साना गाडी निषेध गरिन्छ भने ठूला गाडी करिब आधा घण्टा अगाडि नै रोकिन्छ । विमानस्थलबाट हायात होटल, हायात होटलबाट टुँडीखेल, शितलनिवास र विभिन्न दलका नेताहरुसँग भेटघाटका लागि द्वारीका होटल जाने क्रममा सोही रुटका यातायात प्रभावित हुने महाशाखाले जनाएको छ । भीभीआईपी सवारीको टाईममा विपरीत रुटमा २० मिनेट र सवारी रुटमा १० मिनेट अन्य सवारी रोक्ने कार्ययोजना बनाएका छौं’ ट्राफिक महाशाखाका सहायक प्रवक्ता (डिएसपी( मुकुन्द मरासिनीले रातोपाटीसँग भने, ‘सवारी रुटमा ठूला गाडी र मालवाह ट्रकहरु आधा घण्टा अगाडि रोकिन्छन् । विमानस्थलबाट नरेन्द्र मोदी बौद्धस्थित हायात होटल जानेछन् । ४ बजे गार्ड अफ अनसरका लागी चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, बानेश्वरहुँदै सैनिकमञ्च प्रस्थान गर्दा सोही रुटमा सवारी प्रभावित हुनेछ । त्यति धेरै ट्राफिक डिस्टर्व नहुनेगरी मिलाएका छौँ’ डिएसपी मरासिनी भन्छन्, ‘एकपटक रोकिएपछि अर्को पटक रोकिँदैन, किनकी फरक रुटबाट राजकीय सवारीको रुट निर्धारण गरिएको छ ।  सैनिक मञ्चमा गार्ड अफ अनर पछि मोदी ४ बजे ३५ मिनेटमा उप–राष्ट्रपती नन्दबहादुर पुनसँगको भेटका लागि बहादुरभवन जानेछन् ।  त्यस्तै ५ बजे राष्ट्रपति विद्या भण्डारीसँग औपचारिक भेटघाट गरेपछि उनी विभिन्न दलका नेताहरुसँगको भेटघाटका लागी महाराजगञ्ज, चावहिल हुँदै द्वारीका होटलमा पुग्ने कार्यक्रम रहेको बताईएको छ । मोदीको सवारीको समयमा एम्बुलेन्सलाई नरोकिने र सवारी हुनुभन्दा एक घण्टा अगाडि उक्त रुटमा होर्डिङ बोर्ड र डिजिटल बोर्डबाट सूचना उपलक्ध गराईने ट्राफिक महाशाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार