विरोध गर्दै टाँगिएको ब्यानर……..

 वैशाख २९, २०७५   ललितपुर  विवकेशील साझा पार्टी कार्यालयमा भारतीय प्रधानमन्त्री मोदीको स्वागत र नाकाबन्दीको विरोध गर्दै टाँगिएको ब्यानर प्रहरीले झिकेको छ । ललितपुरको बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा हिजो साँझदेखि ’मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर टागिएको छ । ‘माथिको आदेश’ भन्दै आएका प्रहरीले उक्त ब्यानर झिकेपछि पार्टीका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन् । पार्टीका संयोजक रवीन्द्र मिश्रले शान्तिपूर्वक विरोध गर्न पाउनु आफूहरुको संवैधानिक अधिकार भएको बताउनुभयो । उहाँले ’मृदु’ भाषामा गरिएको विरोधको व्यानर झिकेर लगिएकोमा अचम्म प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लोकतन्त्र यति धेरै असहिष्णु र यति धेरै अलोकतान्त्रिक हुनै मिल्दैन ।’ मिश्रले संसारको कुनै पनि लोकतान्त्रिक देशमा विदेशी पाहुना आउादा शान्तपूर्वक विरोध गर्ने अधिकार संविधानले नै दिइएको बताउनुभयो । बुधकार मात्रै पार्टीले विज्ञप्ति जारी गर्दै २०७२ को भूकम्प लगत्तै भारतले अन्तर्राष्ट्रिय कानून विपरीत अमानवीय नाकाबन्दी लगाएको स्मरण गर्दै त्यस्तो नाकाबन्दी खेदजनक रहेको समेत स्मरण गरेको थियो । विज्ञप्तिमा मोदीको राजकीय भ्रमणका अवसरमा नेपालीको मनमा पुर्‍याएको चोटप्रति क्षमायाचना गर्नु जायज हुने मत पनि जाहेर छ । मोदीको भ्रमणको क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानी नअपनाइएको भएपनि उहाँको भ्रमणलाई राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढंगबाट टिकाटिप्पणी नर्गन पनि पार्टीले आग्रह गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार