भोटो देखाएर सक्कियो मच्छिन्द्रनाथको रथजात्रा

  बगैचा सम्वाददाता


काठमाडौं

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आज ललितपुरको जाउलाखेलमा भोटो जात्रा देखाइएको छ। राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो। भोटो अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधिश दीपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरु जाउलाखेल पुगेका थिए ।
नागराजाले ज्यापूलाई उपहारस्वरूप दिएको भोटो राक्षसले चोरेको र जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा हेर्न त्यही भोटो लगाएर राक्षस आएपछि ज्यापूसँग उसको झगडा परेको किवंदन्दी पाइन्छ। राक्षस र ज्यापुको विवाद मिलाउनबहुमूल्य रत्नजडित त्यो भोटो रातो मच्छिन्द्रनाथको जिम्मा लगाइन्छ। भोटो जावलाखेल पुगेको चौथो दिनमा कसको भोटो हो, प्रमाणसहित लिन आउनू भनेर देखाइएको जनश्रुति छ । त्यही बेलादेखि हरेक वर्ष वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ । काठमाडौं उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध यो जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना सम्म चल्छने गर्दछ।
१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले वि सं ५४६ मा यो जात्रा सुरु गराएको पौराणिक कथन रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार