असारदेखि कलंकीको अन्डरपासमा गाडी सरर………

जेठ ११, २०७५   काठमाडौं – कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ ।  चक्रपथ परिक्रमा अन्तर्गत कलंकी-कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उदेश्यले डेढ बर्ष अघि पहिलोपटक अण्डरपास सडक योजना अघि सारेको हो । काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डर पास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । कलंकीदेखि महाराजगञ्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ ।’ उनले भने, ‘बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ । असारदेखि अन्डरपासबाट सवारी साधन गुड्नेछ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार