झाडापखालाका बिरामी बढे………

 १३ जेठ २०७५,   दाङ – पश्चिम दाङमा झाडापखालाका बिरामीहरुको संख्या बढिरहेका छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या ४ सय ३९ पुगेको छ। शनिबार रातिसम्म बिरामी संख्या ४ सय १९ थियो’ शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले भने, ‘आइतबार बिहानैदेखि पुनः बिरामीको संख्या बढ्न थालेको छ। आइतबार बिहान मात्रै बीस जना थप संक्रमित स्वास्थ्य चौकी आइपुगेका पुनले बताए। स्थानीय माइलीपानी खानेपानी मुहानबाट वितरीत दुषित पानीका कारण शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा झाडापखाला फैलिएको स्वास्थ्यकर्मीहरुले वताएका छन्। शनिबार बिहानदेखि एकाएक झाडापखालाका बिरामी बढेको र अहिलेसम्म पनि नियन्त्रणमा आउन नसककेको बताइएको छ। बिरामीहरुका लागि औषधिको अभाव नरहेपनि त्यहाँ भरपर्दो उपचार भने हुन सकेको छैन। स्वास्थ्य चौकीको १० जनाको टोलीले उपचार गरिरहेको भएपनि बाह्य अस्पतालबाट चिकित्सकहरु उपचारका लागि गएका छैनन्। ‘शनिबार साँझ राप्ती अञ्चल अस्पतालबाट तीन जना चिकित्सक आउनु भएको थियो, उहाँहरु पनि एकछिनमै गैहाल्नु भयो,’ पुनले भने, ‘बिरामी संख्या बढिरहेकाले हाम्रो सिमित जनशक्तिले उपचारमा कठिनाई भइरहेको छ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार