श्याम खत्रीद्वारा अदालतमा आत्मसमर्पण……….

जेठ १७, २०७५  काठमाडौं– साढे ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम सुरु गरेपछि खत्री फरार रहँदै आएका थिए । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत खत्रीलाई सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले खोजिरहेको थियो । सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले एसएसपी खत्रीलाई नियन्त्रणमा लिएमा सुनको सबै नेक्सस खुल्ने बयान दिएका थिए । खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेको पुष्टि गर्दै छानविन समितीका संयोजक ईश्वरराज पौडेलले भने, ‘फरार एसएसपी खत्री अदालतमा उपस्थित भएका छन् । २०७४ फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको थियो । दुबईबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको उक्त सुन लुटिएपछि गोरेको समूहको यातनाका कारण सुनका भरिया सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो । सनमको हत्यापछि ३३ किलो सुन तस्करीबारे छानविन गर्न बनेको समितिले नेपाल प्रहरीका उच्च अधिकारी सहित ६३ जनलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा संगठित अपराध, अपहरण तथा शरीर बन्धन र कर्तब्यज्यान मुद्धा दर्ता गरेको थियो । जुन मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ । यसअघि नै अदालतले पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकारराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायका अधिकांश प्रतिवादीलाई पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । यस्तै गोरे पनि जेल चलान भएका छन् । बिहीबार आत्मसमर्पण गरेका खत्रीको बिहीबारदेखी नै थुनछेक बहस शुरु हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार