गुण्डा अशोक लामा प्रहरीको गोलि लागि घाइते

  बगैचा सम्वाददाता


काठमाडौं
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा अशोक लामा प्रहरीको गोलि लागि घाइते भएका छन् । उनको दाहीने खुद्टामा गोली लागेको छ। घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको छ। यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै प्रहरीले लामामाथि गोली हानेको थियो । लामालाई यूएन पार्कमा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथी नै आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको अपराध महाशाखाले जानकारी दिएको छ। लामा ज्यान मुद्दामा फरार थिए। उनीमाथि सार्वजनिक मुद्दा समेत दायर छन्। महाशाखाले चोरी, फरार अभियुक्त, गुण्दागर्दी विरुद्ध १५ दिने विशेष अभियान चलाइरहेको छ। लामा ललितपुर क्षेत्रलाई आधार बनाएर प्लटिङ, ढुंगाखानी, व्यापारी, ठेकेदारहरुसँग हप्ता असुली गर्दै आइरहेका थिए। ३८ वर्ष उनी दावा लामा समूहका हुन्। उनको साथबाट प्रहरीले हतियार समेत बरामद गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार