३३ किलो सुन तस्करी पूर्व अतिरिक्त महानिरीक्षक समेत ३ नयाँ नाम

  बगैचा सम्वाददाता

काठमाडौ

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको बारेमा अनुसन्धानका क्रममा नयाँ नाम सार्वजनिक गरेको छ । सुन तस्करी बारे अनुशन्धान गरिरहेको गृह मन्त्रालय अन्तर्गतको सुन समितिले नयाँ नाम सार्वजानिक गरेको हो। समितिले भारतीय व्यापारि नागरिक बिमल पोद्दारलाई पक्राउ गरेलगत्तै पोद्दारबाट नयाँ नाम र प्रमाण फेला पारेको हो । पोद्दारसँग बयानका क्रममा पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी)देखि ठूला व्यापारीसम्मको सहयोगले आफूले काम गर्ने गरेका बताएका थिए । समितिका अनुसार पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, बिज्ञानराज शर्मा र रमेशशेखर बज्राचार्यको नाम बताएका थिए । बिमल पोद्दार र अकबर साहको पक्राउले सुन तस्करीका ‘ठूला माछा’ नजिक अनुसन्धान पुगेको समितिको दावी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार