
असार १५, २०७५ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र खतरामा छ भन्ने भ्रम नदेखाउन प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् । शुक्रबार आर्थिक बर्षको विनियोजन विधेयकमाथि संसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा नपरेको भन्दै लोकतन्त्र गए के आउँछ भनेर प्रश्न गरेका हुन् । उनले जवाफ दिने क्रममा बजारमा अधिनायकबाद आउँछ भनेर कांग्रेसले हाउगुजी चलाएकोप्रति आपत्ति जनाउदै भने लोकतन्त्रलाई प्रभावकारी र सुदृढ बनाउन लागिरहेको दावी गरे । उनले उखानटुक्का मिसाउदै भन,े ‘अधिनायकबाद चैनेक्यारे माने भयो अहिले ।’ उनले लोकतन्त्रका लागि सबैले लडेको र प्रतिबद्धता भएको भन्दै उनले भने ‘कसैले किस्तिमा सजाएर ल्याएर दिएको लोकतन्त्रको होइन र उपभोग गरेको पनि हैन । हाम्रा शरीरमा ५० बर्षदेखिका घाउ अझै छँदैछन् भोगाइ र पीडा छन् । हामीभन्दा अग्रजका कुरा गरेको छैन हाम्रै कुरा हो ।’ उनले आज देशलाई आशावादीता चाहिएको भन्दै लोकतन्त्रलाई सुदृढ र व्यवस्थित गरेरै छाड्ने पनि बताए । ‘लोकतन्त्र जान्छ भने आउँछ के कहाँबाट ? जनताको जागरण एकता, सचेतनाबाट आएको लोकतन्त्र हटाउने कुन तागत छ ?,’ प्रधानमन्त्री ओलीको प्रश्न छ । केटाकेटीलाई हाउगुजी देखाएजस्तो आशंका भ्रम फैलाउने कुरा देशका लागि हितकार नभएको भन्दै उनले तिव्रताका साथमा चौतर्फी रुपमा एकैसाथ गर्नुपर्ने बताए । उनले विदेशीको पैसाले पहाड प्वाल पारेर पानी ल्याउँदा किन प्वाल पारेको भनेर प्रश्न गर्न नमिल्ने बताए । उनले बाह्यपुँजी भन्दा आफ्नै श्रोतको सुरक्षा गर्दै विदेशी लगानीको सहयोगमार्फत विकासमा अघि बढ्नुपर्ने बताए । उनले ३६ सालको स्मरण गदै भने, ‘३६ सालतिर चुप लाग चुप लाग जनमतसंग्रह भाडिन्छ भन्ने थियो अहिले त्यस्तै भएजस्तो लाग्छ । प्रधानमन्त्रीले महङ्गा गाडी चढेको भनेर आएको प्रश्नप्रति व्याङ्ग्य गर्दै उनले भने, ‘कास्कीकोट र गोरखाका राजा गाडी चढ्दैनथे । त्यतिबेला गाडी नै हुँदैनथिए उनीहरलाई घोडा चड्नै मुस्किल थियो कहाँबाट गाडी चढ्नु ? उनले नयाँ व्यवस्थाको प्रयोगमा रहेकाले केही समस्या भएपनि पूरै निराशाको अवस्था नरहेको दावी गरे । उनले प्रश्नकर्ता माननीयहरुलाई आग्रह गर्दै भने ‘मानीयहरु ढुक्क हुनुस् आजको लाकेतन्त्र हामीले ल्याएका हौँ, हामी प्रतिबन्धीत अवस्थाबाट लोकतन्त्रमा आएका हौँ, अनुकुलताबाट होइन । रक क्लाइम्बिङबाट आएका हौँ अनि आफैमाथि आशंका किन ?’ योजना आयोगका काम प्रभावकारी नदेखिएकाले प्रभावकारी योजना आयोग गठन गरेको हो मैले ज–जे प्रभावकारी हुँदैन त्यसलाई पुनगर्ठन गर्नु लोकतन्त्रको अभ्यासन हो । उनले बजेट खेलाउने हैन देश बनाउने भन्दै भूकम्पपछिको पुननिर्माण, सडक, विजुली बाढी पहिरो लगायतमा सरकार सजग रहेको बताए । एकै घरका परिवारका त फरकफरक माग हुन्छन् भने यो त देश हो । फरकफरक माग हुनु स्वभाविक हो । सोचाई फरक भएपनि चिन्ता सबैको मिलेको छ । यसमा केन्द्रीत भएर सरकार विकास निर्माणमा लाग्ने छ,’ प्रधानमन्त्री ओलीले थपे,‘ एक बृद्धले आफ्ना दुइवटी छोरी विहे गरेर दिएछन् । एउटीले भन्छे पानी, अर्की माग्छे घाम : म बुढो कता जाम ?’ अव गरिबीका गीत गाउनु पर्ने अवस्था नआउने भन्दै उनले अब गरिवी दन्त्यकथा हुने भन्दै त्यसमा दृढ संकल्प रहेको बताए ।












