गैह्र आवाशिय नेपाली संघ हङकङले महिला संयोजक अनु राईको संयोजकत्वमा महिला फोरम गठन गरेको छ। सोमबार साझ संघकै कार्यलयमा गरिएको फोरममा ९ सल्लाहकारहरु र २२ जना सदस्यहरु चयन गरिएको हो। संघका अध्यक्ष टीका गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले हङकङमा रहि विभिन्न सस्था र पेशामा संलग्न महिलाहरु समेटेर फोरम गठन गरिएको छ। जसमा सल्लाहकारहरुमा चन्द्रका राई, पबिता राई, असली लिम्बु, युगमाया राना, सरस्वती घिसिङ,मन्जु थापा, निलम थापा, रचना प्रधान र गोमा पुन मनोनीत भएका छन। त्यसै गरि सदस्यहरुमा बिष्णु मुखिया, गीता गुरुङ, नानू गुरुङ, निता थापा, अनिता राई, सरस्वती राई, किना गुरुङ, ईशु बर्देवा, देबि घिसिङ, सोभा राई, साबित्रा ईङ्नाम, करुणा प्रधान, अन्जु गुरुङ, कल्याणी गुरुङ, प्रभा राई, सामिन वनेम, रिन्जि शेर्पा, बिमला लिङ्देन, पबित्रा राई, लक्ष्मी थापा,देउ कुमारी राई, अनिता तामाङ रहेका छन।
गत बर्षको जुलाईमा भएको गैरआवासीय नेपाली संघ हङकङको अधिबेशनले कोअर्डिनेटरको पदमा अनु गुरुङ निर्बाचित भएकी थिइन। नवगठित फोरम को कार्यअबधि आगामी बर्ष समाप्त हुनेछ।











