युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले दशौं वार्षिक उत्सव मनायो

  टोपबहादुर याक्खा

२ जुलाई, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले “इन्टर ब्रान्च पुम्से कम्पिटिशन २०१८” को आयोजना गर्दै आफ्नो दशौं वार्षिक उत्सव मनायो ।
याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कम्पिटिशनमा युनाइटेड क्लबका १७ वटा ब्रान्चका ब्लाक बेल्ट तथा कलर बेल्ट गरी २८० स्टुडेण्टहरुले प्रतिस्पर्धा गरेका थिए ।
युनाइटेड तेक्वान्दो अकाडेमी हङकङका प्रेसिडेन्ट मास्टर सैलेन्द्र राई, चिफ गेष्ट हङकङ पुम्से युनियनका चेयरमेन मिस्टर लोरेन्स यिप, अन्य नेपाली क्लबहरुबाट आएका जजहरु मुन्धुम तेक्वान्दो क्लबका मास्टर कुमार हाङ लिम्बु, नेफिन्डो क्लबका मास्टर किसन थापा, मास्टर तेसी, फोरेनर क्लबका मास्टर मेख गुरुङ, रोयल इगल क्लबका मास्टर दुर्गा गुरुङ र युनिटी क्लबका अर्लिन लगायत युनाइटेडका ब्रान्च इन्स्ट्रक्टरहरुद्धारा बेलुन फुटाएर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
क्लबको दशौं वार्षिक उत्सवसंगै आफ्नो क्लबका स्टुडेण्टहरुमा कन्फिडेण्ट बढाउँदै लैजाने उदेश्यले उक्त कम्पिटिशन आयोजना गरिएको र निकट भविश्यमै स्थानिय चाइनिज तथा नेपाली क्लबहरुलाई समेत आमन्त्रण गरेर इन्टर क्लब पुम्से कम्पिटिशन गर्ने योजना रहेको क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईले बताए ।
हङकङका विभिन्न स्थानहरुमा ३ वटा किड्स क्लास सहित २२ वटा ब्रान्चमा गरी ४०० बढि स्टुडेण्टहरु रहेको उक्त क्लबले स्थानिय चाइनिज तथा नेपाली क्लबहरुले आयोजना गर्दै आएका पुम्से तथा स्पारिङ कम्पिटिशनहरुमा सहभागिता जनाएर राम्रो नतिजा ल्याउँदै आएको समेत राईले बताए ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार