थुलुङ सामाको अध्यक्षमा पूनः राम ली थुलुङ राई

१ जुलाई, हङकङ– किरात राई यायोक्खा हङकङको भाषिक संस्था थुलुङ राई सामाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पूनः राम ली थुलुङ राई निर्विरोध चयन भएका छन ।
यसरी निर्वाचित पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा राम ली थुलुङ राई, उपाध्यक्षमा बिजय थुलुङ राई, सचिवमा प्रेम थुलुङ राई, सहसचिवमा दिनेश थुलुङ राई, कोषाध्यक्षमा राम नारायण थुलुङ राई, सह–कोषाध्यक्षमा सोजित थुलुङ राई र सदस्यहरुमा बज्र कुमार थुलुङ राई, राम कुमार थुलुङ राई, टिका थुलुङ राई, नविन थुलुङ राई, नरेन थुलुङ राई, रश्मिला थुलुङ राई, उर्मिला थुलुङ राई, सुमन थुलुङ राई र गौरव थुलुङ राई रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोख्खा हङकङका अध्यक्ष हरिचन्द्र राईद्धारा दियोमा बत्ती बाली उदघाटन गरिएको उक्त अधिवेशनमा कि.रा.या. सम्बद्ध भाषिक संस्था चाम्लिङ खाम्बातिमका अध्यक्ष पवित्रा राई, साम्पाङ जुम्लेखाका अध्यक्ष तेज कुमार राई, पुमा तुप्खा बाङखालाका अध्यक्ष पेङगुइन किरात, वान्तवा यायोक्लाखीमका उपाध्यक्ष दुर्गाकान्त राई, सोदेल कोयीकिमका अध्यक्ष हित बहादुर कोयी राई लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
उक्त अधिवेशन आफ्नो मौलिक धर्म, संस्कार र संस्कृति मान्ने किरात राईहरुको का लुङ चुन स्थित सुप्तुलुङखीमको यलम्बर हलमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार