अविरल वर्षाका कारण भक्तपुर डुबानमा………..

२८ असार २०७५,  भक्तपुर – बुधबार रातीदेखिको भीषण वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परी तीनजनाको मृत्यु भएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा भएको एउटा अस्थायी टहरामा रहेका तीनजनाको मृत्यु भएको छ । उदार कार्य तीव्र रहेको प्रमुख जिल्ला अधिकारी भटले जानकारी दिए । मत्युहुनेहरुको पहिचान खुलेको छैन । अविरल वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आएको छ । बाढीले खोला आसपासका क्षेत्र डुबानमा परेको छ । गएरातीदेखि परेको अविरल वर्षाका कारण विहान ३ बजेदेखि खोला आसपासका क्षेत्रमा डुबान बढेपछि खोला छेउछाउ बस्ने समुदाय विस्थापित भएका छन् । डुबानले च्याम्हासिहंबाट जगाती जने पुल आसपासका क्षेत्र, महेश्वरी खेलमैदान, राममन्दिर क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण रातीदेखि अवरुद्ध भएको जगातीदेखि च्याम्हासिंहसम्मको मोटरबाटो बिहान साढे आठ बजेदेखि खुलेको छ। त्यसैगरी निकोसेरा राधेराधे क्षेत्र डुवानमा परेको छ । अस्थायी टहरा बनाइ बसिरहेका भूकम्प प्रभावित समुदाय यस बढीबाट बढी जोखिममा परेका छन् । बाढी टहरामा पसेदेखि अनिन्दामा बस्नु परेका हुन ।डुबानबाट पूरै जनजीवन अस्तव्यस्त भएको छ । अस्पताल डुबानमा पर्दा अस्पतालमा उपचारत बिरामी, चिकित्सक आवतजावतमा समेत समस्या परेको मात्र नभई अस्पतालको पहिलो तल्लाको बिरामी राख्ने वेडसम्मेत डुबानमा परेपछि अस्पतालको आकस्मिक् र नियमित सेवाहरुमा समेत अवरुद्ध भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार