महासंघद्धारा संचालित नृत्य, चित्रकला र नेपाली भाषा कक्षाको समुद्धघाटन

  टोपबहादुर याक्खा

१५ जुलाई, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) अन्तर्गत निःशुल्क नृत्य, चित्रकला तथा आधारभूत नेपाली भाषा कक्षाको एकसाथ समुद्धघाटन कार्यक्रम सम्पन्न भयो ।
याउ मा तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रममा पूर्व जानकारी मुताविक तालिम लिन आवेदन दिएका तीनै विधाका प्रशिक्षार्थी भाइ बहिनी तथा अविभावकहरु, सम्बन्धित विधाका प्रशिक्षक तथा महासंघका पदाधिकारीहरुको बाकुलो उपस्थिति रहेको थियो ।
कार्यक्रममा चित्रकार दिपेन्द्र राईले चित्रकला कक्षा बारे बोलेका थिए भने ग्यालेक्सी डान्स स्टुडियोकी प्रशिक्षक सोना लावतीले उपस्थित डान्स क्लासका भाइ बहिनीहरुलाई डान्सको सामान्य स्टेपहरु सिकाउँदै स्टेजमा नचाएकी थिइन ।
परियोजना प्रशिक्षक कृष्णराज लावतीले जानकारी गराए अनुसार नृत्य डान्सर रोशन गुरुङ, चित्रकला चित्रकार दिपेन्द्र राई र आधारभूत नेपाली भाषा कृष्णराज लावती र गौरी गुरुङद्धारा परियोजना अन्तर्गत रहेर सिकाउँने छन् । विशेष गरी स–साना विद्यार्थी भाइ बहिनीहरुको १ महिना भन्दा बढी हुने गर्मी विदालाई मध्यनजर गर्दै ल्याइएको उक्त तालिमहरुमा अनुमान गरे भन्दा तीनै विधामा अधिक प्रशिक्षार्थीहरुले आवेदन दिएको हुंदा उमेर, दक्षता र उचाईको वर्गिकरण गरी ग्रुप–ग्रुपमा कक्षाहरु संचालन गरिने समेत उनले जानकारी दिए ।
सी.एस.टी.एन. अन्तर्गत महासंघले दिने तालिमको महत्वलाई बुझेर नै होला गत वर्ष भन्दा यस वर्ष अधिक प्रशिक्षार्थीहरुको आवेदन आएको छ, यस मानेमा पनि महासंघ सफल भएको महासंघकी अध्यक्ष रिता गुरुङले बताईन । परियोजनालाई नेपाली समूदाय माझ अझ प्रभावकारी ढंगबाट संचालन गर्दै लैजाने उदेश्य अनुसार महासंघका सल्लाहकार, विभिन्न संघसंस्थाका सक्रिय समाजसेवीहरु लगायत विभिन्न विधाका विज्ञ व्यक्तित्वहरुलाई समेत परियोजना तथा तालिम सल्लाहकारका रुपमा छुट्टा छुट्टै नियुक्ती गरिएको समेत उनले जानकारी गराईन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार