हङकङमा बराह ज्वेलरीले २४ औं वार्षिक उत्सव मनायो

  टोपबहादुर याक्खा

१५ जुलाई, हङकङ–  बराह ज्वेलरी ईन्डष्ट्रिज हङकङले विभिन्न कार्यक्रमहरुका साथ आफ्नो २४ औं वार्षिकोत्सव मनायो ।
याउ मा तेई कम्युनिटी हलमा केक काटेर उद्धघाटन गरिएको उक्त कार्यक्रममा लक्कि ड्र मार्फत पहिलो, दोस्रो र तेस्रो विजेतालाई सुनको औठी लगायत विभिन्न आकर्षक पुरस्कारहरुको समेत प्रदान गरेको थियो ।
बराह ज्वेलरीकी डाइरेक्टर रिना राई, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, एन.आर.एन.ए. हङकङकी अध्यक्ष टिका गुरुङ, धरान हङकङ मञ्चका अध्यक्ष विष्णु पाख्रिन लगायत विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधी तथा बराहका ग्राहक तथा शुभचिन्तकहरुको बाकुलो उपस्थिती रहेको उक्त कार्यक्रममा बराहको वृतचित्र समेत देखाइएको थियो ।
‘नुनदेखि सुनसम्म’ भन्ने नारा बोकेर सफल रुपमा अगाडी बढिरहेको बराहले धरानको मुटु भानुचोकमा रहेको दुई वटा भवनबाट ग्राहकहरुलाई विभिन्न सेवा दिनुका साथै नेपालकै काठमाडौं, पोखरा र चितवन शाखाहरुबाट सेवा दिदै आएको छ भने हङकङ, बेलायत र दुबईमा समेत आफ्ना साखाहरु विस्तार गरी ग्राहकहरुलाई सेवा दिदै आएको छ ।
बराहले आफ्नै कारखानाका कालिगढहरुद्धारा निर्मित सुनका विभिन्न आकर्षक गरगहनाहरु विक्री वितरण गर्नुका साथै आकर्षक ब्याजदरमा बराह बचन तथा ऋण सहकारी, डिपार्टमेन स्टोर, यातायात, रेष्टुरेण्ट, कृषि, शिक्षा, संगीत, पशुपालन लगायतका क्षेत्रमा समेत लगानी गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार