विष्णुदत्त-सरस्वती प्राज्ञिक पुरस्कार र अनुसन्धानवृत्ति प्रदान हुने

प्रतिष्पर्धात्मक छनौटका लागि सूचना जारी

लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरूमा प्रकाशित मौलिक कृतिहरूमध्येबाट प्राज्ञिक पुरस्कार र सोही विषयहरूमा अनुसन्धानवृत्ति प्रदान हुने भएको छ । किरात याक्थुङ चुम्लुङ, लिम्बुवान अध्ययन केन्द्र अन्तर्गत स्थापित विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट पुरस्कार र अनुसन्धानवृत्ति प्रदान गर्ने भएको हो ।
यस वर्ष अनुसन्धानवृत्ति र प्राज्ञिक पुरस्कारका लागि २०७५ साउन २ देखि ३१ गते इच्छुक लेखक/प्रकाशक र अनुुसन्धानकर्ताहरूलाई आवश्यक कागजपत्रसहित निवेदन गर्न सार्वजनिक सूचना जारी गरिएको प्राज्ञिक पुरकार तथा अनुसन्धानवृत्ति छनौट समितिका संयोजक भगिराज इङ्नामले बताउनुभयो । निवेदन फारम www.limbuwanstudies.org   मा लगइन गरी डाउनलोड गर्न सकिने वा अध्ययन केन्द्रको कार्यालयबाट प्राप्त गर्न सक्नेछन् । पुरस्कारको लागि लिम्बु, नेपाली, अंग्रेगी  वा अन्य जुनसुकै भाषा लिपिमा लेखिएको स्वदेशी तथा विदेशी नागरिक लेखक वा प्रकाशकहरूले समेत प्रत्याशी बन्न सक्ने लिम्वुवान अध्ययन केन्द्रले जनाएको छ ।

लिम्बु र लिम्वुवानको संस्कृति र पहिचानलाई लेखन, प्रकाशन र अनुसन्धानमार्फत समृद्ध बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कोषको स्थापना भएको हो । मौखिक परम्परागत अभ्यास गर्दै आएका लिम्बु समुदायले प्राज्ञिक क्षेत्रमा काम गर्न प्राज्ञिक कोषका कार्यहरू कोशेढुंगा हुने लिम्वुवान अध्ययन केन्द्रका अध्यक्ष अर्जूनले लिम्बुले बताए ।

प्राज्ञिक कोष अन्तर्गत प्रत्येक २/२ वर्षमा प्रतिपर्धात्मक छनौटको आधारमा उत्कृष्ट एक मौलिक कृतिका सर्वाधिकारवाला लेखक वा प्रकाशकले रु. १ लाखको नगद पुरस्कारसहित सम्मानपत्र पाउनेछ । अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति, समुह वा संस्थाहरूका लागि प्रत्येक वर्ष रु. १ लाख ५० हजारको हाराहारीमा अनुसन्धानवृत्ति प्राप्त गर्नेछन् । अध्ययन अनुसन्धानमा गहिरो रुचि भएका विष्णुदत्त र उहाकी धर्मपत्नी सरस्वति आङ्वुहाङ्ले रु. ३० लाखको अक्षयकोष स्थापना गर्नुभएपछि लिम्वु समुदायका विद्धत व्यक्तित्वहरूको नेतृत्व रहेको लिम्बुवान अध्ययन केन्द्रले कोषको व्याजबाट प्राज्ञिक पुरस्कार र अनुसन्धानवृत्ति प्रदान गर्ने गरी आवश्यक नियम कानुन बनाई व्यवस्थित गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार