डा. केसीको समर्थनमा बसन्तपुरमा सामुहिक सत्याग्रह

  बगैचा सम्वाददाता

काठमाडौँ

२३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै नागरिकस्तरबाटै काठमाडौँको बसन्तपुरमा सामुहिक सत्याग्रह सुरु गरेका छन् । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाईमा राजधानीको वसन्तपुर डवलीमा सामूहिक सत्याग्रह गरेका हुन । विहान १० बजे सुरु सत्याग्रह साँझ ५ बजे सम्म सञ्चालन हुने अलायन्सले जनाएको छ । काठमाडौंमा मात्र वार्ता गर्ने अडानका बीच सरकारले डा. केसीलाई बल प्रयोग गरी गत बिहीवार जुम्लाबाट काठमाडौं ल्याएपनि ठोस प्रगति भने हुन सकेको छैन । सरकारले शिक्षा सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेपनि डा. केसीले मन्त्रिस्तरीय टोलीसँगमात्र वार्ता गर्ने बताउँदै आउनु भएको छ ।  उपचार समेत गर्न इन्कार गर्दै आएका डा.केसीले अनसन फिर्ता लिए संसद सचिवालयमा दर्ता भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अगाडि नबढाउने तयारीमा सरकार रहेको एक मन्त्रीले बताए ।  चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी  बुँदामा कुनै परिवर्तन नगरी यथास्थितिमा पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुरु गर्नुपर्ने, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठर्हयाएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गर्नुपर्ने लगायतका माग राखेर डा केसी गत असार १६ गतेदेखि अनशन बस्नु भएको हो । यो उहाँको १५ औं सत्याग्रह हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार