नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा

  बगैचा सम्वाददाता

काठमाडौं

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले हिजो पत्रकारसम्मेन गरी आन्दोलनको जानकारी दिएको हो । संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चार बुँदे उर्दी पनि जारी गरेको छ ।

आन्दोलनमा चिकित्सक संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाएको छ । साथै देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा सञ्चालन गर्न आहृवान गरेको छ । देशभरका चिकित्सकहरुलाई आआफ्नो जिल्लामा रिले अनसन, र्‍याली, धर्ना लगायतका विरोधका कार्यक्रम गर्न र नागरिक समाजसँग मिलेर सशक्त विरोधमा उत्रन पनि भनेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार