मृगौला रोगी सन्देश जिमीलाई याक्खा छुम्मा हङकङको सहयोग

  टोपबहादुर याक्खा

२३ जुलाई, हङकङ– मृगौला रोगी सन्देश जिमीको उपचार सहयोगार्थ किरात याक्खा छुम्मा हङकङले ४७ हजार ५ सय २ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
हिजो सोमबार भक्तपुर स्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गर्दै आएका संखुवासभा, धर्मदेवी न.पा., होम्बुङ निवासी २१ वर्षिय सन्देश जिमीलाई अस्पतालमै पुगेर याक्खा छुम्मा हङकङकी उपाध्यक्ष लिला देवानले उक्त रकम बिरामी सन्देश जिमी र वहाँकी आमालाई हस्तान्तरण गरेकी हुन् ।
उक्त आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा किरात याक्खा छुम्मा केन्द्रिय समितिका महासचिव दिपक याक्खा, उप–महासचिव सोनाम याक्खा, पत्रकार तथा विरामीका आफन्त समेत रहेका भीम देवान, अम्रिका याक्खा, शेरबहादुर राई लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
संखुवासभा, धर्मदेवी न.पा., होम्बुङ घर भई धनकुटा बहुमुखी क्याम्पसमा बी.बी.एस. तेस्रो वर्ष अध्ययनरत जिमीको दुबै मृगौला खराब भई हाल नियमित डायलासिस पद्धतिबाट उपचार गराउँदै आएको र आफ्नै आमाले एउटा मृगौला दिने भएपछि मृगौला प्रत्यारोपणका लागि आवश्य प्रकृयामा रहेको बिरामीका आफन्तले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर रहेको जिमी परिवारले उपचारका लागि देश विदेशमा सहयोगका लागि अपील गरेका थिए ।
२०१३ मा स्थापित किरात याक्खा छुम्मा हङकङले आफ्नो भाषा, धर्म र संस्कृतीको संरक्षण एवं सम्बर्धन संगै विभिन्न सामाजिक कार्यहरुमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै धरान १६, जोरसखुवा स्थित निर्माणाधिन छुम्माको केन्द्रिय भवन निर्माणका लागि समेत ठूलो आर्थिक सहयोग जुटाउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार