गैर अभिव्यक्तिका कारण कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा

  बगैचा सम्वाददाता

काठमाडौं

कानूनमन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि उनले एक विज्ञप्ति जारी गर्दै माफी मागेका थिए तर अभिव्यक्तिको चर्को विरोध पश्चात नेकपा पार्टीको राजीनामा दिन तामाङलार्इ निर्देशन पश्चात मंगलबार उनले राजीनामा दिएका हुन् । हिजाे मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा कार्यक्रममा तामाङ निकै भावुक हुदै आसु झर्दै जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।

विध्यालयको एक कार्यक्रममा नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको बताएका थिए । मन्त्री तामाङले मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा तयार भइसकेको उनले जानकारी गराए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार