७५ औं हङकङ साहित्यिक साझा श्रृंखलामा सम्पन्न

  टोपबहादुर याक्खा

२९ जुलाई, हङकङ– श्रृंखलाको ७ औं वार्षिकोत्सव तयारी बारे छलफल, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७५ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो ।
कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु हेम कुमार लावती, रमण गुरुङ, दाजु गुरुङ, सुनिता गिरी, टंक सम्बाहाम्फे, मनु कनदङवा, आयुषी पौडेल, पूर्णिमा शाह, पवित्रा चाम्लिङ राई, दिपेन्द्र राई, डी.बी. पालुङवा लगायतले आफ्ना सृजनाहरु वाचन गरेर सुनाएका थिए । कार्यक्रमको अन्तमा समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावती, साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवा र साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फेद्धारा वाचित श्रृंखलासंगै समग्र कार्यक्रम बारे टिप्पणी गरेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ६ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा, कृति प्रकाशन तथा स्रष्टा सम्मान समेत गर्दै आइरहेको श्रृंखलाले आगामी २६ अगष्ट आइतबारका दिन हङकङबासी साहित्यकारहरुको विविध विधाका सृजनाहरु समेटिएको प्रकाशोन्मुख “श्रृंखला भाग–३” पुस्तक सार्वजनिक संगै ७ औं वार्षिकोत्सव मनाउँदै छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार