देशका विभिन्न जिल्लामा कांग्रेसको सरकार विरुद्ध प्रदर्शन

  बगैचा सम्वाददाता

काठमाडौ

संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ। सरकार कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशका विभिन्न स्थानमा प्रदर्शन गरेको हो । सरकार अधिनायकवाद उन्मुख भएको, डा. गोविन्द केसीसँग भएको सहमति अक्षरस कार्यन्यन गर्न दवाव, संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख पदमा भागवण्डा, मुल्यवृद्धि नियन्त्रण लगायत विभिन्न १५ बुँदे मागमा सरकारलाई दवाव दिन सांकेतिक विरोध प्रर्दशन गरेको कांग्रेसले बताएको छ  । सञ्चार माध्यममा बढेको हस्तक्षेप, त्रिवि र संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई गरिएको दुव्र्यवहार तथा सरकारका पछिल्ला कामकारवाही अधिनायकवाद उन्मुख हुँदै गएको कांग्रेसले आरोप लगाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार