संजिताले ल्याइन् मेरो गजल तिम्रो लागि

संजिताले ल्याइन् मेरो गजल तिम्रो लागि

काठमाडौ। पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ”मेरो गजल तिम्रो लागि’ गत मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा गजल एल्वम सार्वजनिक गरेका हुन ।
कार्यक्रममा प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाले गजलमाथि चर्चा गर्दै सुनौलो भविश्व बोकेकी संजिताका गजल नेपाली संगीतको क्षेत्रमा एउटा चम्किलो तारा भएको बताइन ।
कार्यक्रममा ज्ञानुवाकर पौडेलले संजिताको गजल लेखनमाथि चर्चा गर्दै भने, “जुनबेला संजिताले गजल लेख्न थाल्नुभएको थियो, त्यो बेला महिला गजलकार कमै थिए । उहाँ निकै सम्भावना भएको गजलकार हो । विदेशको व्यस्तताले अलि हराउनुभयो । त्यति हुदाहुदै पनि गजल एल्वम निकाल्नुभयो, खुशीको कुरा हो ।”
उहाँले भने, “गजललाई कविता र गीतबाट अलग गर्नुहुन्न । संजिताका गजलमा कविता र गीत पनि पाइन्छ ।”
कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले एल्वममाथि चर्चा गर्दै नेपाली गजल संगीतमा ‘मेरो गजल तिम्रो लागि’ उत्कृष्ट संकलनका रुपमा आएको बताउनुभयो ।
उहाँले गीत संगीत लोकपृय हुन स्वर, संगीत, एरेन्ज, भिडियो भन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसावले उत्कृष्ट हुनुपर्ने बताएकाथिए ।
गजलकार संजिता देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार शुशीला देउजाले उपस्थित महानुभावहरुमाझ स्वागत मन्तब्य दिएभने, गजलकार संजिता देउजाले अतिथि तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिन ।
एल्वममा जम्मा आठ गजलहरु छन जसमा सत्यराज आचार्य, स्वरुपराज आचार्य र दीपक थापाको स्वरतथा संगित रहेको छ ।
महेन्द्र भवन कन्या स्कुलमा अध्ययन गर्दैदेखि गीत, गजल, मुक्तक र कविता लेखनमा रुचि राख्ने गजलकार संजिताले सयभन्दा बढी गजल लेखिसकेकी छिन, २५ भन्दा बढी रेकर्डमा रहेका छन्।उनको गजल र कविता मधुपर्कलगायत पत्रपत्रिकाहरुमामा प्रकाशित हुदैआईरहेको छन।उनी अहिले पढाईको शिलसिलामा बेलायत बस्दै आईरहेकीछिनभने संयुक्त मुक्तक संग्रह ‘मुक्तक महक’ प्रकाशित भै सकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार