अलग अभियानको साउन शृङ्खला सम्पन्न

अलग अभियानको साउन शृङ्खला सम्पन्न

सङ्गीतकार किरण कडेल र कवि फूलमान वलको विशेष उपस्थिति र प्रस्तुतिमा अलग अभियानको साउन शृङ्खला सम्पन्न भयो ।
सङ्गीतकार कडेलले मन पगाल्ने र तन नचाउने गरी गीत दुई प्रकारको हुने बताए । दुवै गीतको जरुरी भएको तर अहिले तन नचाउने गीत बढी भएकोप्रति भने चिन्ता व्यक्त गरे । उनले आफ्नो साङ्गीतिक जीवनको संस्मरण सुनाउदै केही गीत सुनाए ।
त्यसैगरी कवि वलले अलग अभियानको सक्रियता र निरन्तरताको प्रशंसा गर्दै ‘इन्द्रेणी गीत’, ‘भुइाचालो’, ‘आजका मान्छे’, ‘शित लहर’ शिर्षकका कविताहरु वाचन गरे ।
अतिथिको अलवा कवि रिमा केसी, सरोज अधिकारी, प्रेमिला राई र विष्णु सन्यासले कविता सुनाए भने रेवत राई र कर्ण लामाले गीत सुनाउदा वाद्यवादनमा मण्डल साम्पाङ र यमकुमार समालले साथ दिए ।
कविता-गीतको विशेष प्रस्तुतिको रुपमा साङ्केन बान्तावाको शब्दलाई भिमसेना राईको सङ्गीतमा अब्राहम सम र नानु थापा मगरले प्रस्तुतगरेकाथिए भने मनोरञ्जनको लागी बिचबिचमा कवि अविनाश भट्टराईले कविता मिसाएकाथिए ।
कार्यक्रमको सुरुवातमै अतिथिद्वयले ‘अलग’ मासिक प्रकाशनको पहिलो अङ्क पनि सार्वजनिक गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार