हङकङमा ‘चट्याङ बाँचेको मान्छे’

  टोपबहादुर याक्खा

५ अगष्ट, हङकङ– दार्जिलिङ निवासी कवि तथा गीतकार स्व.नरदेन रुम्बाको बारेमा निर्मित वृत्तचित्र ‘चट्याङ बाँचेको मान्छे’ लोकार्पण कार्यक्रम सम्पन्न भयो ।
हङकङबासी कवि, साहित्यकार तथा गीत संगीतकारहरुको बाकुलो उपस्थिति बीच जोर्डन स्थित नयाँपेजको कार्यालयमा ‘चट्याङ बाँचेको मान्छे’ वृत्तचित्र लोकार्पण गर्दै प्रदर्शन गरिएको थियो ।
‘फूललाई सोधे…’, ‘शुभकामना… ’, ‘बादलुको दरबारमा…’, ‘बाँच्न चाहने मान्छेहरु…’ जस्ता दर्जनौ कालजयी गीतहरुका सर्जक स्व.नरदेन रुम्बा ओझेलमा परेकाले नेपाली गीत, संगीत र साहित्यमा उनको योगदानलाई उझागर गर्ने प्रयास स्वरुप उक्त वृत्तचित्र निमार्ण तथा प्रदर्शन गरिएको आयोजक मध्येका रविन राईले बताए । केही वर्ष पहिले हिमालय टोन्स टिमले नै हङकङमा प्रथम पटक ‘नरदेन रुम्बा स्मृति साँझ’ को आयोजना समेत गरेका थिए ।
समीक्षक समाज हङकङद्धारा आयोजित उक्त कार्यक्रममा समाजका संयोजक हेम कुमार लावती र स्व.नरदेनसंग सहकार्य समेत गरेका हिमालय टोन्सका दिनेश सुब्बाले स्व.नरदेनका बारेमा बोलेका थिए ।
हिमालय टोन्स र एम ६ फ्लिम्सको लागि डोमा शेर्पाद्धारा निर्मित ४९ मिनटको उक्त वृत्तचित्रलाई भास्कर प्रधानले निर्देशन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार