मकाउमा देखाए नेपालीले बहादुरी, मकाउ प्रहरीद्धारा सम्मान

  टोपबहादुर याक्खा

५ अगष्ट, हङकङ– गत आइतबार मकाउमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रामबहादुर केसीले देखाएको बहादुरीको चौतर्फी तारिफ भएको छ । हरियारधारी लुटेराले गरेको लुटपाटबाट स्थानिय चाइनिज महिलाहरुलाई बचाउँन सफल राम बहादुर केसीको बहादुरीलाई मकाउ प्रहरीले समेत सम्मान गरिसकेको छ ।
विभिन्न नेपाली मिडियाका साथै स्थानिय चाइनिज तथा अंग्रेजी छापा तथा टी.भी. समाचारहरुले समेत लुटपाटको घटनामा नेपालीले देखाएको बहादुरीको समाचारहरु सामाजिक संजालहरूमा भाइरल बनिरहेको छ ।

घटना क्रमः

घाइते रामबहादुर केसी

मकाउ म्यानेजमेण्ट कम्पनीमा कार्यरत केसी रातको ड्यूटी सकेर सन्मालो हुदै आफ्नो रुम तर्फ फर्कने क्रममा दुई जना स्थानिय चाइनिज महिलाहरु चोर–चोर, बचाउँ–बचाउँ…भन्दै चिच्याइरहेको देखे पश्चात घटनास्थल तर्फ हेर्दा एक जना केटा उक्त महिलाहरुको ब्याग खोसेर भाग्दै गरेको देखे । उक्त केटाले पक्कै पनि महिलाहरु माथि लुटपाट गरेको हुनु पर्छ भन्दै रामबहादुर लुटेरालाई समात्न दौडिए । केही बेर पश्चात उनले लुटेरालाई पक्डिन सफल भई सामान त हाता पारे तर चोरले उनि माथि हमला गर्न थाले । केही समय २ जना बीच हात हालाहालको अवस्था सृजना भयो । यसै बीच केही सिप नलागे पछि लुटेराले आफ्नो साथमा रहेको छुरी निकालेर राम बहादुर माथि प्रहार गर्न थाल्यो । छुरी छल्दै लडाई गर्ने क्रममा रामबहादुरको बायाँ पाखुरा र बायाँ कोखामा गम्भिर चोट लाग्यो ।
रामबहादुर रगताम्मे भएको मौका पारी हतियारधारी चोर कार पार्क तर्फ भाग्यो । आफ्नो ज्यानको पर्वाह नगरी रामबहादुर लुटेरालाई पच्छ्याउँदै गए तर अन्डरग्राउण्ड कार पार्क अध्यारो भएकाले लुटेरालाई भेट्न असफल भए । यत्तिकैमा उनले लुटपाट तथा आफु माथि भएको सांघातिक हमलाबारे मकाउँ प्रहरीलाई तत्काल खबर गरे । लुटेराको हुलिया र सी.सी.टी.भी. फुटेजको आधारमा मकाउ प्रहरीले केही क्षणमै लुटेरालाई पक्राउँ गर्न सफल भए ।
हाल स्थानिय हस्पिटलमा उपचरारत केसीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको बहादुरीको प्रशंसा गर्दै उनी कार्यरत मकाउ म्यानेजमेण्ट कम्पनीले केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र १५ दिन आराम गर्ने विदा दिने निर्णय गरेको समेत उक्त कम्पनीका म्यानेजर तथा मकाउ नेपाल बडी विल्डिङका सभापति बाबा भाई (सृजन) ले जानकारी दिए ।

लुटपाटमा सम्लग्न हतियारधारी चाइनिज मुख्य भूमि चीनका मोष्ट वान्टेड व्यक्तिः

स्थानिय चाइनिजहरुको ब्याग लुटपाट गर्ने अभियुक्त मुख्य भूमि चीनबाट गैरकानुनी रुपमा मकाउ छिरेका र चीन तथा मकाउ प्रहरीको रेकर्डमा मोष्ट वान्टेड लिष्टमा रहेका व्यक्ती भएको मकाउ प्रहरीले जनाएको छ । विभिन्न जघन्य अपराधमा सम्लग्न भई प्रहरीबाट भाग्दै छिप्दै हिडेका अभियुक्तलाई आफ्नो ज्यानको पर्वाह नगरी स्थानिय नागरिकको जिउ धनको सुरक्षा गर्दै पक्राउँ गर्न विशेष सहयोग गरेको भन्दै मकाउको राष्ट्रिय अपराध अनुसन्धान विभागका प्रहरी प्रमुखद्धारा राम बहादुर केसीलाई विशेष सम्मान समेत गरेको छ ।

सामाचार तथा फाटो स्रोतः बाबा भाइ तथा मकाउ बडी विल्डर फेसबुक एकाउण्ट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार