बन्दको सामान्य प्रभाब, उपत्यकामा ५ जना पक्राउ

  बगैचा सम्वाददाता

काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित बनेको छ । देशैभरी सानातिना घटनाबाहेक ठूला घटना भएका छैनन् । काठमाडौ उपत्यकामा पनि सामान्य प्रभाब पर्यो । प्राय शैक्षिक संस्थानहरू भने बन्द भएका छन् भने ठाउँठाउँमा शंकास्पद वस्तु भेटिएका थिए ती शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेका छन्।
यसैगरी कपिलवस्तुमा सेनाले स्कर्टिङ गरेर गन्तव्यतर्फ लगिरहेको गाडीमा नै पेट्रोल बम प्रहार गरिएको छ भने बुटवलमा बसमा एसिड प्रहार गरिएको छ। प्रहरीले ठाउँठाउँमा बन्द गर्दै हिँडेका बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ। उपत्यककाका आधा दर्जन स्थानमा नक्कली बम फेला परेको र ५ जनालार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार