याक्थुङ युवा मंच केन्द्रले यसरि मनाए विश्व युवा दिवस ।

विश्व युवा दिवसको अवशरमा याक्थुङ युवा मंच केन्द्रले कियाचु केन्द्रिय सस्थापक अध्यक्ष तथा आदिवासी जनजाति अभियन्ता नन्द कन्दङ्वालाई प्रमुख वक्ता बनाई पहिचान संरक्षण र आदिवासि हक अधिकार प्राप्तिको लागी युवा पुस्ताको भुमिका सम्बन्धि अन्तरकृया कार्यक्रम  गत साउन २७ गते सम्पन्न  गरेको छ ।

औपचारिक कार्यक्रमलाई मंचका केन्द्रिय महासचिव सुसन  हुक्पाचोङबाङले  संचालन गरेकाथिए,  प्रमुख अतिथि,संयुक्त राष्ट्र संघ आदिवासी मामिलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीले आदिवासी जनजाति  युवाहरुको भूमिकाबारे समीक्षात्मक मन्तब्य राखेको थिए ।

प्रमुख बक्ताको रुपमा बोल्दै आदिवासी जनजाति अभियन्ता नन्द कन्दङ्वाले पहिचान संरक्षणको निम्ति युवाहरु सँगठीत भएर लाग्नु पर्ने मुख्य ७ कुराहरुक मा जानकारि हुनुपर्छ भन्ने कुराको  जानकारि दिए ।

कार्यक्रममा आदिवासी बिदेस बिभागका सचिब मुलिवा नाछिरिङ,याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लगायतले आफ्नो मन्तब्य राखेका थिए।

उक्त अन्तरक्रिया कार्यक्रम मन्चका केन्द्रिय अध्यक्ष भुपेन्द्र खुदाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार