
काठमाडौँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । गए मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल/मट्टितेलमा २/२ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेल/प्रतिलिटर ९५ रुपैयाँ भएको छ । हवाई इन्धनमा समेत प्रति लिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।












