पूर्व राजदूत झाकाे आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा फेला………….

भदौ ४, २०७५

काठमाडौं- फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको हत्या रहस्यमय बनेको छ। ८० वर्षका झा सोमबार बिहान बबरमहलस्थित आफ्नै घरको भुइँतलामा रहेको कोठामा सुतेकै ठाउँमा घाँटी रेटिएको अवस्थामा भेटिएका थिए। आयरल्यान्डमा बस्दै आएका छोरा बुहारी विदेश फर्किएको एक दिनपछि झाको हत्या भएको हो। झा श्रीमतीसहित उक्त घरमा बस्दै आएका थिए। सेक्युरिटी गार्ड र भान्सा दुवैमा काम गर्ने एक कामदार पनि उनीहरुको साथमा थिए। उनी कहिले त्यहीँ बस्थे भने कहिले आफ्नै घरमा जान्थे। प्रहरीका अनुसार ती कामदार आइतबार भने आफ्नै घर फर्किएका थिए। ती कामदारले घरको बाहिरि ढोका साँझ आफैले बन्द गर्थे भने बिहान आफैले खोल्थे। अनुसन्धानमा खटिएका प्रहरीका अनुसार आइतबार ७ बजेको समाचार हेरेर झा भुइतलामा सुत्न झरेका थिए। श्रीमती भने पहिलो तलामा सुत्ने गर्थिन। बिहान चिया खान उठाउन खोज्दा झा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो। झा सुतेको कोठाको झ्यालकाे जाली काटेको पाईएको छ भने उनी सुतेको कोठामा एउटा चक्कु पनि बरामद भएको छ। घरको मुल ढोका भने बन्द रहेको अवस्थामा झाको हत्या भएकाले अनुसन्धान गहनरुपमा भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ,  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उनलाई बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको हो । डिएसपी थापाका अनुसार उनको टाउकोमा छुरी प्रहार भएको चोट देखिन्छ। उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लाने तयारी भइरहेको छ। सिंहदरबार वृतका प्रमुख डिएसपी काजीकुमार अाचार्यका अनुसार घटनाबारे बिहान साढे ६ बजे परिवारले थाह पाए पछि प्रहरीलाई खबर गरेका थिए । झासँगै उक्त घरमा उनको श्रीमती तथा कामदार बस्ने गरेका थिए । थप अनुसन्धानका लागि घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली पनि पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उनलाई बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको हो । पराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका हुन्। उनी विश्व सम्बन्ध परिषदको अध्यक्ष समेत रहेर काम गरेका थिए। थप विवरण आउन बाँकी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार