बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्छ……………

२०७५ भदौ ८

काठमाडौं । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने बताएका छन् । शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताए । हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेका छौं । त्यसैले सरकारले संयुक्त राष्ट्रसंघले यसका विरुद्ध प्रोटेस्ट हाल्नुपर्‍यो’ उनले भने ‘बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डसम्म जानुपर्छ । कतिपय अपराधमा नेपालमा मृत्युपर्यन्तको सजाय व्यवस्था भए पनि बलात्कार र भ्रष्टाचारमा भने मृत्युपर्यन्तले पनि नपुग्ने उनले बताए । ‘मृत्यु पर्यन्तसम्मको सजायको कानून त बनेको छ तर यस्ता जघन्य अपराधमा त्यो तहसम्मको सजाय गर्नसपर्छ’ तामाङले भने । समाजमा आमाहरुको संरक्षणका लागि पनि यस्तो कानून बनाउनुपर्ने उनले बताए । कानूनहरु दण्ड दिनका लागि मात्र नभई समाजमा जानकारी गराउन पनि बनाइने भन्दै उनले भने ‘कानून कसैलाई दण्ड दिनमात्र होइन अरुलाई सिकाउनका लागि पनि हो । यस्ता घटना हुँदा यस्तो कारबाही हुन्छ भन्ने जानकारी समाजमा दिनुपर्ने हुन्छ । समाजमा महिलालाई आमाको नजरले हेर्न सकेमा महिला हिंसाको घटना धेरै कम हुने भन्दै पूर्वमन्त्री तामाङले महिलालाई हेर्ने समाजको विकृत मनस्थितिका कारण पनि समस्या भएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार