पुरा भये चौथो बिमस्टेक सम्मेलनको तयारीः परराष्ट्र मन्त्रालय

  बगैचा सम्वाददाता

काठमाडौँ

नेपालमा हुन गैरहेके चौथो बिमस्टेक सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो (चिफ जस्टिक), भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता रहनेछ । प्राविधिक र आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन यही भदौ १४ र १५ गते हुँदैछ । सन् १९९७ मा स्थापना भएको  बिमस्टेकको पहिलो सम्मेलन थाइल्याण्डमा सन २००४ मा भएको थियो । दोस्रो सन २००८ मा भारतमा भएको थियो भने तेस्रो सन २०१४ मा म्यानमारमा भएको थियो । चौथो सम्मेलन नेपालमा हुँदैछ । चौथो सम्मेलनमा कनेक्टिभीटीलाई प्राथमिकता दिइने बताइएको छ । साथसाथै, गरीबी निवारण, अन्तर क्षेत्रिय व्यापार, लगानी, जलवायु, सुरक्षा लगायत विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

१४ गते प्रधानमन्त्री केपी वलीले सोल्टी होटलमा चौथो बिमस्टेक सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन साँझ आमन्त्रित पाहुनालाई रात्रीभोज दिने कार्यक्रम तय भएको छ । रात्रीभोज होटल हायातमा हुनेछ । १५ गते विहान गोकर्ण रिसोर्टमा रिट्रिटको कार्यक्रम र केही दस्तावेजमा हस्ताक्षरको कार्यक्रम रहेको छ । सोहीसँगै सम्मेलन सम्पन्न हुनेछ । अधिकांश सोही दिन फर्कनेछन् । १५ गते नै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओली बीचपनि दुईपक्षिय वार्ता हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए। पशुपतिमा निर्माण भएको धर्मशालाको उद्घाटन र हस्तान्तरणको कार्यक्रम पनि रहेको छ । श्रीलंकका राष्ट्रपति भने दुई पक्षिय भ्रमण भएकाले १६ गते फर्कने कार्यक्रम रहेको छ । श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्नेछन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार