तुम्रोक समाजले प्रदान गर्याे क्यान्सरपिडित सहयाेग

१२ भाद्र काठमाडौ ।

दीन दुःखीहरुको चहराईरहेको घाउमा मल्हम पटि्ट लगाउनु, आपत परेको वेला उद्धार गर्नु  मानवीयताको उत्कृष्ट रुप हो । सक्कली मन्दिर त मानिसको आत्मामा हुन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै तुम्रोक समाजले देश विदेशमा रहेका तुम्रोकहरुलाई सहयोगको आव्हृान गरी ३ जना आफ्नो वंशका क्यान्सरपिडितहरुलाई सहयोग गरेको छ । विभिन्न हस्पिटलहरुमा उपचार गराई रहेका क्यान्सरपिडितहरु नुगेन  तुम्रोक,  अमृता राई  र हरिमाया तुम्रोकलाई समाजको पहलमा हालसम्म रु ४,५८,२२१ संकलन गरी सहयोग प्रदान गरेको हो ।
क्यान्सरजस्तो  महंगो उपचार सेवाको कारणले जायजेथा विक्रि गर्दा समेत अपुग भएकाले समाजले सबै तुम्रोक दाजुभाई दिदिवहिनिहरुलाई सहयोगको अपील गरी रकम संकलन गर्नुपरेको समाजका अध्यक्ष डम्वर तुम्रोकले वताए ।
फिदिम नगरपालिका ६ का नुगेन तुम्रोक ५ वर्षको कलिलो उमेरमा न्युरोब्लास्टोमा  (Neuroblastoma),   एक किसिमले नसामा मासु पलाएर देखा पर्ने क्यान्सर Cancer  रोगबाट पिडित भई कान्ति बाल अस्पतालमा उपचाररत छन् । यसैबिच गाउँको अन्य दुईजना अमृता राई ब्रेन ट्युमर भएर आखाको ज्योती समेत गुमाई सकेको र झहरमान तुम्रोकको छोरी हरिमाया तुम्रोक टाउकोमा रगत जमेर क्यान्सर जस्तो भयानक रोग लागेर उपचार गराई रहेको छ ।

विरामि को अवस्था हेरेर नुगेन तुम्रोकलाई जम्मा १७१०८१ एकलाख एकतर हजार एकासि रुपया हिजो बालकान्ति हस्पिटल मा तुम्रोक समाज नेपाल को अध्यक्ष डम्बर तुम्रोक, कोषाध्यक्ष सुक तुम्रोक र अन्य तुम्रोक दाजुभाई दिदिबहिनी को बाक्लो उपस्थिति मा उक्त रकम बिरामि नुगेन को बुवा देबी तुम्रोकलाई हस्तान्तरण गरेकाहुन ।
अन्य गाउँका दुई बिरामी हरु लाई १,४३,५६९ एकलाख तिर्चालिस हजार पाचँसय उनानसत्तरि रुपयाँ पर ब्यक्ति यहि हप्ताको अन्तिम दिनमा हस्तान्तरण गरिने कुरा अध्यक्ष डम्बर तुम्रोक ले जानकारि दिए ।
सहयोगि दाताहरुको नामवलि यस प्रकार छन।
तुम्रोक समाज युके ६०,००० साठी हजार
राम प्रसाद तुम्रोक, बिष्णु तुम्रोक, देबि तुम्रोक, घनेन्द्र तुम्रोक, ज्ञानेन्द्र तुम्रोक र युदिप तुम्रोक
मलेसिया बाट रुस् ५९७५० उन्साठि हजार सातसय पचाँस रुपया
कोरियामा कार्यरत तुम्रोक हरुबाट रुस् १,३०००० एकलाख तिस हजार
राजेस तुम्रोकरसाजन तुम्रोक सिंगापुर ३०,००० तिस हजार
साउदि अरेबिया कमल तुम्रोक रुस् २२०६२ बाईस हजार बैसठी
नरेस तुम्रोक बिराटनगर रुस् १५,००० पन्द्र हजार
रेमन्त तुम्रोक दुबई रुस् १५,००० पन्द्र हजार
ठाकुर तुम्रोक साउदी रुस् १०,००० दस हजार
ईछिङ तुम्रोक हङकङ रुस् १०,००० दस हजार
प्रकास तुम्रोक कत्तार रुस् ५०११ पाचँ हजार इघार रुपया
चन्द्र तुम्रोक साउदि रुस् ४१२३ चार हजार एकसय तेइस रुपयाँ
र काठमाडौ बाट तुम्रोक तथा गैर तुम्रोक हरुबाट जम्मा उठेको सहयोग रु ९१,२९५ एकानब्बे हजार दुईसय पन्चानब्बे रुपया । तिनै जना बिरामीहरु को सिघ्र स्वास्थलाभको कामना सहित सम्पुर्ण सहयोगी ब्यक्तिहरुलाई तुम्रोक समाज नेपाल धन्यवाद व्यक्त गर्दछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार