ढाका उद्यमी कल्पना योङहाङ राष्ट्रपतिद्वारा विभूषित

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीद्वारा ढाका उद्यमी तथा फेसन डिजाइनर कल्पना योङहाङ लिम्बू मानपदवीबाट विभूषित भएकी छन् ।

नेपाली जनताको हित अभिवबृद्धिमा योगदान पुर्‍याएवापत ढाकाविद् समेत रहेकी कल्पना ‘प्रवल जनसेवा श्री’ मानपदवीद्वारा विभूषित भएकी हुन् । राष्ट्रपति निवासमा मंगलबार विशेष समारोहबीच विभिन्न क्षेत्र र पेसामा आवद्ध ३४४ जना व्यक्तित्वहरुलाई राष्ट्रपति भण्डारीले विभूषित गरेकी थिइन् । तीमध्ये सफल उद्यमी कल्पना पनि परेकी हुन् ।
कल्पनाले करिब डेढ दशकयता नेपाली ढाका कपडाको उत्पादन तथा प्रवद्धृन गर्दै आएकी छन् । ‘द हाइल्याण्ड आर्ट’ तथा ‘कल्पना ढाका बुटिक’मार्फत हातेतानबाट बुनेको नेपाली परम्परागत ढाका परिहनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सफल उद्यमी कल्पनालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ, ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा तपाइँबाट भएको उल्लेखनीय योगदानको सम्मानस्वरुप वल जनसेवा श्रीद्वारा विभूषित गरिएको छ ।’
राष्ट्रपति भण्डारीद्वारा २०७४ सालको गणतन्त्र दिवशको अवसरमा घोषणा भएअनुसार कल्पनालगायत ३४४ लाई विभूषित गरिएको हो ।
विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिसँग जोडिदै आएकी कल्पनाले ‘द हाइल्याण्ड आर्ट’ ढाका उद्योग सञ्चालन गरेर आफूमात्र सवल नभएर सयौँलाई रोजगार प्रदान गर्दै आएकी छन् । साथै, पछिल्लो समय ढाका कपडा उत्पादन गरेर देशमा आर्थिक तथा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मनशायले उनी नेपालमा कपास खेतीको विषयमा अनुसन्धान गरिरहेकी छन् । विभूषित भएपछि  ‘राज्यबाट विभूषित हुन पाउादा अत्यन्त खुसी र गर्व लागेको छ । जसले मलाई अझ अगाडि बढ्ने हौसला मिलेको छ’ कल्पनाले भनिन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार