स्थानीय तहलाई निजी आवास पुनर्निर्माणको जिम्मा

  बगैचा सम्वाददाता

 काठमाडौ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । आजको बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले निजी आवासको पुनर्निर्माणको निरीक्षण र सिफारिसको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको हो । प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षतामा आज बसेको प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकले पुनर्निर्माणका कामलाई व्यवस्थित र प्रभावकारी बनाउँदै थप गति दिन स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार