जघन्य अपराधका घटनाको मुख्य कारण मदिरा सेवन : गृहमन्त्री

  बगैचा सम्वाददाता

काठमाडौ

गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भइरहेका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताएका छन् । महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटनाको मुख्य कारण मदिरा सेवन भएको समेत बताए । गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले हत्या, बलात्कार जस्ता घटनालाई नियन्त्रण गर्न जनता र सरकार दुबैको संयुक्त प्रयास अनिवार्य रहेको उनको भनाइ थियो । ७० प्रतिशतभन्दा बढी महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण मदिरा सेवन भएको गृहको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुबैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ठ पारे। फरक प्रसंगमा गृहमन्त्री थापाले मुलुकलाई विखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दाबी पनि गरे। अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले त्यसलाई निष्तेज पारेर जनतालाई सुखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार