तीन महिना बित्यो अनुसन्धान उपलब्धि शून्य………..

०९ कार्तिक २०७५,
कंचनपुर– निर्मला पन्तको हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धी शून्य रहेको छ। प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समितीको छानबिन प्रतिबेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन। अहिले सम्म ठोस तथ्य र नयाँ कुनै क्लु पाइएको छैन’, कंचनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले भने, ‘बिभिन्न विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं।’ उनले अनसन्धान साँघुरिदै गइरहेको बताए। संकाको घेरामा रहेका डेढ सयभन्दा बढीलाई सोधपुछ गरिसकेको जानकारी उनले दिए। ‘शंकास्पद बिभिन्न व्यक्तीलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेका छौं’, उनले भने। यस अवधिमा प्रहरीले शंकास्पद ५ जनाको डिएन परिक्षण गरिसकेको छ। तर अहिलेसम्म भएका यी अनुसन्धान र सोधपुछबाट प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन। अनुसन्धानका लागि शंकास्पद व्यक्ती प्रहरीको सूचीमा अहिले कोही छैन। ‘घटनामा कुनै न कुनै कनेक्सन देखिनु प¥यो, कंचनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत भन्छन, ‘अहिले शंकास्पद कसैलाई पनि नियन्त्रणमा लियर राखिएको छैन।’ प्रहरी नियन्त्रणमा अहिले कोही नभए पनि बिभिन्न कोणले अनुसन्धान भइरहेको उनी बताउँछन्। अहिलेसम्मका अनुसन्धानबाट निर्मला हत्याको ठोस प्रमाण फेला नपरेको उनको भनाई छ। सरकारले गठन गरेको उच्च स्तरिय छानबिन समितीको सार्वजनिक प्रतिबेदनमा कञ्चनपुरका तत्कालिन एसपी डिल्ली बिष्ट, उनका छोरा किरण, घटना भएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक जगदिश भट्ट, रोशनी र बविता बम दिदीबहिनी, किरणका ससाजन बुढाएर, शिरिष ठगुन्ना लगायतलाई शंकाको घेरामा राखिएको छ। उच्च स्तरिय छानबिन समितीको शंका र एआईजी धिरु वस्नेतको अनुसन्धान पछि एसपी बिष्ट र प्रहरी निरिक्षक जगदिश भट्टलाई स्पष्टीकरण सोधेको छ। उच्च स्तरिय छानबिन समितीमा शंकाको घेरामा रहेका सबैलाई सोधपुछ गरिरहेको एसपी कडायतले बताए। प्रतिबेदनमा निर्मलाको साइकल फेला पारेकासाधुराम चौधरीको बयान फरकफरक आएको भनेर उनलाई शंकाको घेरामा राखको छ। उनलाई नियन्त्रणमा लियर सोधपुछ र अनुसन्धान गर्दा घटनामा संलग्नता नपाइएको कडायतले बताए। प्रतिवेदनमा प्रमाण नष्ट गर्ने प्रहरीलाई बिभागिय कारवाही र छानबिन सिफारिस गरेकाले त्यस अनुसार काम भइरहेको जानकारी दिँदै उनले भने, ‘मानवअधिकार आयोगले आयोगले पनि बैज्ञानिक रुपले छानबिनगर्नु भनेकोमा सकेसम्म त्यो पनि गरिरहेकै छौं। निर्मलाका आफन्त र स्थानीयले भने दोषी पत्ता लगाउन प्रहरी र सरकारले प्रभावकारी अनुसन्धान नगरेको आरोप लगाउन थालेका छन्। उच्चस्तरीय छानबिन समितिले शंकास्पद देखाएका प्रहरी अधिकारी, बम दिदी बहिनी र बिष्टका छोरा किरणमाथि थप र प्रभावकारी अनुसन्धान गर्नुपर्ने माग उनीहरुको छ। ‘बम दिदीबहिनी र तत्कालीन एसपी बिष्टलाई हत्यारा को हो भन्ने थाहा छ’, निर्मलाका वुवा यज्ञराज पन्त भन्छन्, ‘उनीहरुलाई हिरासतमा लिएर कडाइका साथ अनुसन्धान गरिनुपर्छ। निर्मलाको हत्यामा बम दिदीबहिनीको संलग्नता भएको उनी बताउछन्। ‘बम दिदी बहिनीले मेरो छोरीको हत्या गरेकाक हुन् भनेको होइन्, तर उनीहरुको हत्यामा संलग्नता छ’, उनी भन्छन, ‘मेरी छोरीका हत्यारा बारे उनीहरुलाई थाहा छ।’ एस पी बिष्टलाई पनि हत्यारा थाहा भएको उनको दाबी छ। प्रहरीले अहिले पनि दोषीलाई पत्ता लगाउन गंभिर भएको नपाइएको उनी बताउछन्। निर्मलाको आमा दुर्गा देवी पन्तले न्याय पाउने आशा कम हुँदै गएको बताइन्। ‘तीन महिना हुन लाग्दा पनि छोरीको हत्यारा पत्ता लगाएका छैनन्,’ उनी भन्छन, ‘यस्तो ढिलासुस्तीले न्याय पाउने आशा मर्दै गएको छ। कंचनपुर नागरिक समाजका अध्यक्ष भवराज रेग्मी प्रमाण नष्ट गर्ने र घटना ढाकछोप गर्ने प्रहरी र बम दिदीबहिनीलाई सरकारले कडाइका साथ अनुसन्धान गर्नुपर्ने बताउँछन। ‘बम दिदी बहिनी र एसपी डिल्ली बिष्ट लगायतका प्रहरीको निर्मला हत्यामा संलग्नता रहेको देखिन्छ’, उनी भन्छन्, ‘जानीजानी घटना मोड्न प्रहरीले प्रमाण नष्ट लगायतका काम गरेको हो। सर्वदलिय र सर्वपक्षिय बैठकमा बमदिदीबहिनीलाई हिरासतमा लिएर केरकार गर्न माग गर्दा तत्कालिन प्रमुख जिल्ला अधिकारीले हुन्छ भन्दा पनि एसपी डिल्ली बिष्टले अस्विकार गरेको उनी बताउछन्। निर्मलाको हत्यारालाई कारबाही नभएसम्म अर्की निर्मलाले पनि ज्यान गुमाउनुपर्ने त्रास फैलिएको महिला अधिकारकर्मी बताउछँन्। अधिकारकर्मी हेलन श्रेष्ट भन्छिन, ‘हत्यारा बचाउन नियोजित रुपमा सबै प्रमाण नष्ट गरिएको हो।’ । भीमदत्त नगरपालिका– २, उल्टाखामकी निर्मलाको साउन ११ गते उखुवारीमा बल्तकार शव भेटिएको थियो। बलात्कारपछि उनको हत्या गरिएको दाबी परिवारजन र अधिकारकर्मीको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार