पाइलैपिच्छेका जोखिमले २४ घण्टामा चारजनाको ज्यान गयो……….

११ कार्तिक २०७५,
काठमाडौं – खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो। सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ। पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ। असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो। बिहान १० बजेतिर ७० वर्षीया तिवारी घरबाट पसलतिर जाँदै थिइन्। उनीसँगै साढे तीन वर्षीय नाति आजित र छिमेकी साबित्री पुडासैनी थिए। तीनजना बाटोमा हिँडिरहेका बेला मालबहालक ट्रकले ठक्कर दियो। तिवारीको घटनास्थलमै र अन्य दुईको उपचारक्रममा मृत्यु भयो । ज्यान गुमाउने मध्ये तिवारी र उनका नाति गोरखा सहिद गाउँपालिका तथा ६० वर्षीया पुडासैनी नुवाकोट ककनीका स्थायी बासिन्दा थिए। काठमाडौं उपत्यकाका सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ। सो घटनाको २४ घण्टा नबित्दै कीर्तिपुरमा श्याम श्रेष्ठको पनि ज्यान गयो। डल्लुबाट साइकलमा दक्षिणकाली जानेक्रममा त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार नजिकैको खानेपानीको धरापयुक्त मंगालमा खसेर उनको ज्यान गयो। मंगालको ढकनी नलगाएका कारणले त्यसमा खसेर उनको ज्यान गएको हो। उपत्यकामा २४ घण्टामा सडकका कारण भएका प्रतिनिपधमूलक दुखद घटना हुन् यी । उपत्यकामा यस्ता खाले घटना नयाँ होइनन्। उपत्यकामा पछिल्ला दिनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालय र काठमााडौं उपत्यका खानेपानी लिमिटेडको चरम लापरबाहीका कारणले यस्ता घटना बारम्बार भइरहेका छन् । पाइप राख्न सडक खनेर छाड्ने गर्दा दुर्घटना बढ्न गएका छन्। ना६ख ७८२६ नम्बरको मालबहाक ट्रकको ठक्करले तारकेश्वर–५ मा बसोबास गर्दै आएका तीनजनाको ज्यान गएको हो। लोलाङहाइटमा १० चक्के ट्रक अनियन्त्रित भएर सडक छेउमा हिँडिरहेका तीन यात्रुलाई ठक्कर दिएको थियो। मृतकका आफन्तले ट्रक सहचालकले चलाएकै कारणले दुर्घटना भएको दाबी गरेका छन्। ‘सहचालकले लापरबाही ढंगले ट्रक व्याक गर्दा दुर्घटना भयो,’ मृतकका आफन्त रवीन्द्र बुर्लाकोटीले भने, ‘बालाजु प्रहरीले भने गाडी चालकले नै चलाएको भन्दै ढाकछोप गर्दै आइरहेको छ।’ बुर्लाकोटीले प्रहरीले पीडितपक्षसँग समन्वय नगरीकन शव उठाएको आरोप लगाएका छन्। ‘प्रहरीले प्रयोग गरेर शव उठायो,’ उनले भने, ‘प्रहरीको जबरजस्ती गर्दा तीनजना गम्भीर घाइते भए।’ ट्रक नियमविपरीत लोलाङहाइट क्षेत्रमा प्रवेश गरेको दाबी स्थानीयको छ। महानगरीय प्रहरी वृत बालाजुका प्रमुख चिरञ्जीवी कोइरालाले दुर्घटना गराउने चालक पुष्पलाल गुरुङलाई नियन्त्रण लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको बताए। ‘दुर्घटनालगत्तैै ट्रकचालक फरार भएका थिए,’ उनले भने, ‘शुक्रबार बेलुका नै चालकलाई नियन्त्रण लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएका छौं।’ उनले उक्त ट्रक सहचालकले नभएर चालकले नै चलाएको दाबी गरे। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले लोलाङहाइटमा भएको दुर्घटनाको अनुसन्धान भइरहेको बताए। ‘कसले चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने। कीर्तिपुरमाा त्रिभुवन विश्वविद्यालयको गेटनजिकै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले निर्माण गरेको मंगाल धराप अवस्थामा छाडिएको थियो। त्यही धरापयुक्त मंगालमा परेर काठमाडौं महानगरपालिका– १५, डल्लुका ३६ वर्षीय श्याम श्रेष्ठको ज्यान गएको हो। कीर्तिपुरका स्थानीय हरि श्रेष्ठले लिमिटेडको चरम लापरबाहीका कारण दुखद घटना भएको बताए। ‘सडकमा एम्बुस जस्तो धराप थापेपछि दुर्घटना नभएर के हुन्छ त,’ आक्रोशित उनले प्रश्न गरे। महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रहरी प्रमुख अनिलकुमार खड्काका अनुसार निर्माणधीन मंगालमा परेर श्यामको ज्यान गएको बताए । ‘खुला मंगालमा परेर साइकलयात्रीको ज्यान गएको देखिन्छ,’ उनले भने। उनका अनुसार सडकमा मंगाल निर्माण गर्दा सुरक्षा सावधानी नअपनाएका कारण नै दुर्घटना भएकोे देखिन्छ। लिमिटेडका महाप्रबन्धक महेशप्रसाद भट्टराईले मगांलनिर्माण गर्दा सुरक्षा सावधानी नअपनाएकै कारण दुर्घटना भएको बताए। ‘मंगाल मर्मतसम्भार गर्दा सुरक्षा सावधानी नअपनाएको देखिएको छ,’ उनले भने, ‘छानबिन समिति गठन गरेर सम्बन्धित निकायलाई दाषीलाई कारबाहीको दायरामा ल्याइनेछ।’

सडक दुर्घटना भयावह

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या कहालीलाग्दो ढंगले वृद्धि भइरहेको छ। उपत्यकामा सवारी दुर्घटना बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ। चालकको लापरबाही, अव्यवस्थित सडक, ट्राफिक प्रहरीको बेवास्तालगायत कारण सडक दुर्घटनासँगै मृत्यु हुनेको संख्या पनि बढ्दो छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा २०७५ साउनदेखि असोज मसान्तसम्म भएका एक हजार दुई सय ८ब्ल्म्एभ्च्४४लदकउस दुर्घटनामा ३७ जनाले ज्यान गुमाएका छन्। ४२ जना गम्भीर घाइते र एक हजार ३४ जना सामान्य घाइते भएको महाशाखाले जनाएको छ। उपत्यकामा आर्थिक वर्ष २०७४–७५ मा भएका ६ हजार ३ सय ८९ सवारी दुर्घटनामा एक सय ९४ जनाले ज्यान गुमाएका थिए। ती दुर्घटनामा २ सय १९ जना गम्भी र चार हजार तीन सय ३३ जना सामान्य घाइते भए। त्यस्तै २०७३–७४ मा १ सय ८२ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । महाशाखाका एसएसपी तथा प्रमुख वसन्तकुमार पन्त पनि काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको बताउँछन्। उपत्यकामा सवारी दुर्घटनाको संख्या र ज्यान गुमाउनेको संख्या अस्वाभाविक ढंगले बढिरहेको छ, जुन चिन्ताको विषय हो,’ उनले भने, ‘दुर्घटना न्यूनीकरणका लागि जनचेतना बढाउनपर्छ। महाशाखाका अनुसार चालकको लापरबाही, सडकको खराब अवस्था, तीव्र गति, ओभरटेक, ओभरलोड, यान्त्रिक गडबडी, पैदलयात्रुको गल्ती, मादकपदार्थ सेवनलगायत कारण सवारी दुर्घटना बढेका छन्। सवारी तथा यातायात व्यवस्था ऐनको दफा १३७ अनुसार पैदलयात्रीले जेब्रा क्रस, सब–वे, ब्रिज वा तोकिएको ठाउँबाट मात्रै बाटो काट्नुपर्छ। तर, ऐनमा जेब्रा क्रसमा दुर्घटना भए के कारबाही गर्ने भन्ने प्रस्ट छैन। ऐनको दफा १६१ अनुसार चालकले जानाजान दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार