सरकारविरुद्ध सडक सघर्षको तयारीमा कांग्रेस……….

११ कार्तिक २०७५,
भक्तपुर – सरकारविरुद्ध नेपाली कांग्रेस सडक संघर्षमा उत्रने भएको छ। फागुनदेखि वैशाखभित्रमा सडक संघर्षमा उत्रने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको यही चाला देखाइरहे कांग्रेस फागुनदेखि सडक संघर्षमा उत्रिने बताए। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुर ३ नम्बर प्रदेश क्षेत्रीय सम्मेलनको शनिबार उद्घाटन गर्दै उपसभापति निधिले त्यसको लागि आन्तरिक तयारी भइरहेको जानकारी पनि गराए। उनले सरकारले १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न नचाहेको आरोप लगाए। निर्मलाका बलात्कारी र हत्यारा अझैसम्म पनि कठघरामा नआउनुले यही पुष्टि भएको उनले बताए। उनले सरकार असफल मात्रै नभई अयोग्य साबितसमेत भइसकेको दाबी गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पनि निर्मला पन्तका हत्यारालाई सरकारले नै जोगाइराखेको आरोप लगाए। कञ्चनपुर क्षेत्रबाटै पटकपटक निर्वाचित लेखकले घटनाको ९३ दिन भइसक्दा पनि दोषी पक्राउ नपर्नुले सरकारले दोषीलाई बचाइराखेको स्पष्ट भएको बताए। नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले नेकपाबाट निर्वाचित भक्तपुरका सांंसदले रंगशाला निर्माण गर्ने नाममा जग्गा दलालीको काम गरिरहेको आरोप लगाए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार