गुण्डा, ठग र तस्करलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन सकेन : गृहमन्त्री

  बगैचा सम्वाददाता

काठमाडौं

गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डा ठग, मानव तस्करहरूलाई नियन्त्रण गर्न नसक्दा देशमा समृद्ध हुन सकेन बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै बादलले देश विकासका लागि गुण्डा, ठग र मानव तस्करलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि प्रहरी र समूदायबीच हातेमालोको जरुरी रहेको बताए । साथै मन्त्री थापाले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ फलदायी हुने विश्वास समेत व्यक्त गरे । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि प्रहरीको यो पहलकदमी महत्वपूर्ण रहने पनि गृहमन्त्रीले विस्वास व्यक्त गरे । मन्त्री थापाले भने ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नको लागि दीगो शान्तिको स्थापना गर्न जरुरी छ’, गृहमन्त्रीले भने, ‘मुलुकमा सुशासन कायम गर्न जरुरी हुन्छ । सबै प्रकारका अपराधलाई निस्तेज र नियन्त्रण गर्न जरुरी हुन्छ । शान्तिपूर्ण र सुरक्षित समाजको निर्माण र मुलुकले लिएको अपेक्षा पूर्तिका लागि प्रहरीले थालनी गरेको पहल कदमी महत्वपूर्ण छ ।’
सो अवसरमा गृहसचिव प्रेम कुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियालगायतले आ–आफ्नो मन्तब्य राखेका थिए । प्रहरीले समाजमा हुने अपराध न्यूनीकरण गर्दै समृद्ध देश निर्माण गर्ने लक्ष्यका साथ ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ ल्याएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार