प्रधानमन्त्री ओली अस्पताल भर्ना……….

१२ कार्तिक २०७५,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मनमाेहन कार्डियाे थेसिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका छन्। शनिबारदेखि अस्वस्थ प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि साेमबार बिहान ४ बजे अस्पताल भर्ना भएका हुन्। प्रधानमन्त्रीकाे सचिवालयका अनुसार चिसाेका कारण छातिमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएकाे हाे। अस्पताल स्राेतका अनुसार प्रधानमन्त्री अाेलीलार्इ शनिबार राति पनि साेही समस्याका कारण अस्पताल भर्ना गरिएकाे थियाे। उपचारमा संलग्न चिकित्सकका अनुसार उनकाे किड्नी प्रत्याराेपण गरिएका कारण उनलार्इ नियमित अाराम चाहिने र अाैषाधी लगायत अन्य खानपिनका लागि पनि टाइमटेबल नमिलेकाले स्वास्थ्यमा सस्या उत्पन्न भएकाे हाे। एक जना डाक्टरले स्वास्थ्यमा जटिलता देखिएकाे र निरन्तर चिकित्सककाे निगरानिमा राख्नु पर्ने भएकाले अस्पतालमै ल्यायर उपचार गरिएकाे हाे। प्रधानमन्त्रीकाे स्वास्थ्यबारे अहिले नै थप कुरा भन्न नसकिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री अाेलीलार्इ भेट्न बिहानै अस्पताल पुगेका छन्। यस्तै विभिन्न नेता तथा कार्यकर्ताकाे अस्पताल परिसरमा बाक्लाे उपस्थिति छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार