प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, उपचारका लागि विदेश लानु नपर्ने

  बगैचा सम्वाददाता

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले बताएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ । प्रधानमन्त्री ओलीको छातिमा संक्रमण देखिएको तथा शरिरमा चिनिको मात्रामा असन्तुलित देखिएको बताइएको छ। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिनुका साथै अरु स्वास्थ्य अवस्था सामान्य रहेको बताए। उनले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेपनि केही दिन अस्पतालमै राखेर डाक्टरको निगरानीमा उपचार गर्नुपर्ने बताए। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमिका अनुसार छातिमा संक्रमण भएकाले स्वासप्रश्वासमा समस्या देखिएको हो। ओलीकी नीजि चिकित्सक डा. दिब्या सिंहले प्रधानमन्त्रीले दसैंको समयमा धेरै जनालाई टीका लगाउँदा संक्रमण भएको बताइन्। उनले थप उपचारका लागि विदेश लानु नपर्ने समेत बताएकी छिन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ओलीले नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँगको भेटमा आफू स्वस्थ रहेको भन्दै सुभेच्छुक प्रति अभार पनि प्रकट गरेका छन्। ओलीको स्वास्थ अवस्था बारे जानकारी लिन अस्पताल पुगेका नेपालले ओलीको अवस्था सामान्य रहेको प्रतिक्रिया दिएका छन्। ‘उहाँले भन्नु भएको छ, म ठीक छु, शुभेच्छुक सबेलाई धन्यावाद छ,’ नेपालले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार