नेकपा र कांग्रेस कार्यकर्ता बीच झडप एकको मृत्यु…………

सर्लाही – सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र कांग्रेस कार्यकता बीच झडप हुँदा एक जनाकाे ज्यान गएकाे छ। झडपका क्रममा चलेकाे गाेली लागेर एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। रामवन गाउँपालिका–४ का वडा अध्यक्ष रामनरेश महतोका काका अन्दाजी ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएकाे सर्लाही क्षेत्र नं. ४ अन्तर्गत प्रदेशसभा ‘क’बाट निर्वाचित सांसद् विरेन्द्र सिंहले जानकारी दिए। ‘म अहिले घटनास्थलमै छु, गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्’, उनले टेलिफोनमा  भने, २/३ सय जनाको समूहले विहान साँढे ६ बजेतिर वडाअध्यक्षको परिवारसहित अन्य आफन्तका १०/१२ घर तोडफोड समेत गरेको रहेछ।’ यस्तै घाइतेलाई लिन गएको एम्बुलेन्समा समेत आक्रमणकारीले तोडफोड गरेको उनले बताए। घटना भएको ३/४ घण्टा वित्दा समेत सुरक्षा निकायले कुनै कारबाही अगाडी बढाउन नसकेको सांसद् सिंहले जानकारी दिए। सांसद सिंहका अनुसार वडा अध्यक्ष महतोमाथि नागरिकता सिफारिससंवन्धी विवादमा सोमबार दिउँसो कुटपिट भएकाे थियाे। आक्रमणकारीको कुटपिटबाट महतोको टाउँकोमा गहिरो चोट लाग्नुका साथै खुट्टा भाँचिएको छ। वडा अध्यक्ष महतो सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा सोमबार साँझदेखि उपचाररत छन्। प्रहरी उपरिक्षक पोषराज पोखरेलले गोली लागेर एकजनाको मृत्यु भएको र ५/७ जना सामान्य घाईते भएको जानकारी आएको बताए। ‘स्थिती केही असामान्य भएको छ’, उनले भने, मृतकको शव पनि उठाउन दिइएको छैन, सशस्त्र प्रहरी सहित हाम्रो ठुलो संख्यामा टोली परिचालन गरेर घटनास्थल नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’ घटनाबारे गम्भिर अनुसन्धान अगाडी बढाइएको र आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिन टोली खटिएको प्रहरी उपरिक्षक पोखरेलले बताए। घटनास्थल सदरमुकाम मलंगवाबाट १५/२० किलोमिटर पश्चिम पर्छ। तर, अहिलेसम्म घटनाकाे कारण भने पुष्टि हुन सकेकाे छैन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार