सर्लाहीमा नेकपा र कांग्रेस समर्थकबीच झडप, एकको मृत्यु

  बगैचा सम्वाददाता

काडमाडौ

सर्लाहीको रामनगरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एक जना कांग्रेस समर्थकको मृत्यु भएको जानकारी प्राप्त भएकोछ । मृत्यु हुने गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। बिहान ८ बजे गोली प्रहारबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् । अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ । लामो समयदेखि गाउँमा विवाद थियो । गाउँमा सोमबार पनि विवाद भएको थियो। मृतक महतो रामनगर गाउँपालिका वडा नं. ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन् । वडा अध्यक्षमा कांग्रेसबाट महतो निर्वाचित भएपछि तत्कालीन माओवादी समर्थकसँग पटकपटक विवाद हुँदै आएको छ । सोमबार वडा अध्यक्ष महतोलाई हातपात समेत भएको थियो । नेपाली कांग्रेसका प्रदेश सांसद उपेन्द्र महतोका अनुसार मंगलबार बिहान नेकपाका कार्यकर्ताले घरमा घेरा हाली तोडफोड गर्नुको साथै गोली चलाएका थिए । थप जानकारी भने अाउनु बाँकि छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार