सी.एस.टी.एन.डान्स कम्पिटिशनको उपाधी सिजस्मी गुरुङलाई

  टोपबहादुर याक्खा

२८ अक्टुबर, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) द्धारा आयोजित नेपाली बालबालीकाहरु बीचको खुल्ला डान्स कम्पिटिशनको प्रथम उपाधी सिजस्मी गुरुङले हात पारिन ।
२८ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतिष्पर्धामा कस्मिना गुरुङले दृतिय, आयुष्मा राईले तृतिय र प्रतिक्षा गुरुङले वेष्ट स्टेज पर्फमरको ट्रफी हाता पारे ।
निर्णायक मण्डल प्रमुख समेत रहेका हङकङ बसोबास गर्दै आएका नेपाली तथा गुरुङ चलचित्रका नायक तथा निर्देशक सुवास गुरुङले मन्तब्यका क्रममा प्रतिष्पर्धामा प्रथम, दृतिय, तृतिय हुनु र नहुनु भन्दा पनि हङकङ जस्तो ठाउँमा रहेर स्टेजमा प्रस्तुती दिनु नै ठूलो कुरा भएको बताउँदै नेपाली भाषा, गीत संगीत र कला संस्कृती प्रति नयाँ पुस्ताको मोह तथा आमाबाबाहरुको लगावले गर्दा नै आज हामी हङकङमा नेपाली भएर चिनिन पाएको छौं, उनले थपे ।
याउ मा तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक काउन्सिलर बेन्नी यङ, प्रोजेक्ट प्रमुख रिता गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, निर्णायकदलका सदस्य तथा सी.एस.टी.एन.का सल्लाहकारहरुद्धारा प्रथम, दृतिय, तृतिय लगायत सम्पूर्ण प्रतिष्पर्धीहरुका साथै तेक्वान्दो तथा फुटलबलका उत्कृष्ट खेलाडीहरुलाई समेत ट्रफी तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
हङकङ नेपाली महासंघले २०१६ बाट सी.एस.टी.एन. प्रेजेक्ट मार्फत नेपाली समुदायका निम्ति निःशुल्क नृत्य, चित्रकला, आधारभूत नेपाली भाषा, तेक्वान्दो, विभिन्न शिपमूलक तालिम तथा पारिवारीक भ्रमणहरु समेत गराउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार