पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तुम्रोकले गरे बजार अनुगमन

सदरमुकाम फिदिममा व्यवसायीले कालो बजारी गर्ने गरेको पाइएको छ ।हिजो मंगलबार अनुगमन टोलिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बजार अनुगमन गरेकाहुन।

अनुगमन गर्ने क्रममा इलेक्ट्रोनिक्स र गिफ्ट पसलहरुमा बढी कालोबजारी हुने गरेको पाइएको तुम्रोकले बताए । त्यस्ता अधिकांश पसलहरुमा अन्डर बिलिङको समस्या पाइएको छ’ उनले भने बिलमा थोरै मूल्य देखिएको तर बिक्री गर्दा ५/६ गुणा बढी मूल्यमा बेच्ने गरेको पाइयो ।’ कालोबजारी गर्नेलाई त्यसो नगर्न लिखित तथा मौखिक निर्देशन दिएको र आगामी दिनमा पनि त्यस्तै भेटिएमा कानूनी कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी तुम्रोकले बताए ।

अनुगमन टोलिमा संलग्न पाँचथर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष यामनाथ काफ्लेले भने अन्डर बिलिङको समस्या रहेको स्वीकार गर्दै भन्सारबाट सामान निर्यात गर्दै राजश्व छलि हुने भएकाले यो समस्या रहेको उल्लेख गरे । त्यसको मार फिदिमका व्यापारीले खेप्नु परेको काफ्लेले बताए । त्यस्तै अनुगमनको क्रममा धेरै जस्तो व्यापारी हरुले अनुमति बिना नै सिसि क्यामेरा जडान गरेको पाइएकाले उप्रान्त दिनमा अनुमति लिएर मात्र सिसि क्यामेर जडान गर्न पाईने सुझाब दिईएको छ ।
अनुगमनका क्रममा ब्यापारीहरुलाई सचेतना र निर्देशन दिएको र दर्ता नभएका पसलहरु दुई हप्ता भित्रमा दर्ता गराउन सुझाएको उहाँले बताउनुभयो ।
उपभोक्ताले भने कालोबजारी बिरुद्ध स्थानीय प्रशासनले कडा नियमन गर्न नसकेको भन्दै गुनासो गरेका छन् ।
उपभोक्ताहरुले कालो बजार र नाफखोरी विरुद्ध ठाडो उजुरी दिन सक्ने व्यवस्था छ । प्रमाण पेश भएमा कानुन बमोजिम कारवाही अगाडि बड्छ भन्छन सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोक ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार