हङकङका ४ किरातले येले संवत ५०७९ एकसाथ मनाए

  टोपबहादुर याक्खा

२६ जनवरी, हङकङ– किरात येले संवत ५०७९ (येले दुङ, येले तङ्बे, येले थोचे, येले नामसाम¬) को अवसरमा हङकङबासी ४ किरातहरु राई, लिम्बु, याक्खा र सुनुवारद्धारा आ–आफ्नो मौलिक झाकी प्रदर्शन सहित भेटघाट तथा शुभकामना आदनप्रदान सम्पन्न गर्यो ।
नयाँ येले संवत ५०७९ को अवसरमा बगैचा संचार हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा राईले साकेला शिली, लिम्बुले केलाङ, सुनुवारले ष्याँदर सिम र याक्खाले डोकेनी लाक प्रदर्शन गरेका थिए ।
बगैचा संचार हङकङका विभाग प्रमुख सुवास राईको अध्यक्षतामा सम्पन्न छोटो औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई रहेका थिए । त्यस्तै गरी विशेष अतिथिका रुपमा किरात राई यायोक्खा हङकङका उपाध्यक्ष चन्द्रका राई (माया), किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, सुनुवार समाज हङकङका अध्यक्ष श्यामकर्ण सुनुवार र किरात याक्थुम चुम्लुङ हङकङका उपाध्यक्ष सम्शेर तुम्बाहाम्फे रहेका थिए ।
कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिद्धारा पानसमा बत्ति बालेर औपचारिक उद्धघाटन गरिएसंगै बगैचा डटकमका प्रधान सम्पादक नरेश सुनुवारद्धारा श्वागत मन्तब्यसंगै किरात येले संवतको महत्व माथि प्रकाश पारेका थिए । त्यस्तै गरि प्रमुख अतिथि लगायत अन्य अतिथिहरुद्धारा किरात येले संवत ५०७९ को शुभकामना शुभकामना संगै विगतबाटै बगैचा संचारद्धारा ४ किरातहरुलाई एकै ठाउँ भेला गरि आयोजना गर्दै आएकोमा बगैचा संचारको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रमको अत्यमा अध्यक्ष सुवास राईले विगत ३ वर्षयता बगैचा संचारले किरात येले संवतको अवसरमा आयोजना गर्दै आएको शुभकामना आदनप्रदान कार्यक्रमलाई सफल बनाउँन उपस्थित ४ किरात लगायत सम्पूर्ण अतिथि तथा कलाकारहरु प्रति विशेष धन्यवाद दिदै बगैचा संचारले केबल संयोजकको भूमिका मात्रै निर्वाह गरेको र यो कार्यक्रम ४ किरात लगायत सम्पूर्ण नेपालीहरुको रहेको प्रष्ट्याएका थिए ।
औपचारिक कार्यक्रमको समापनसंगै ४ किरातहरु मध्ये किरात राई यायोक्खा हङकङका कलाकारहरुद्धारा साकेला शिली, किरात याक्थुम चुम्लुङ हङकङका कलाकारहरुद्धारा केलाङ नृत्य, सुनुवार समाज हङकङका कलाकारहरुद्धारा ष्याँदर सिम र किरात याक्खा छुम्मा हङकङका कलाकारहरुद्धारा डोकेनी लाक प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विभिन्न प्रकारका तरुल, सेलरोटी, अचार लगायत टिपिकल किराती खानाहरुको व्यवस्था समेत रहेको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार