हङकङमा खाडद्वारा जनसम्पर्क समितिलाई सपथ

  - बगैचा सम्वाददाता

गत जनवरी ६ मा सम्पन्न नेपाली जनसम्पर्क समिति हङकङको सातौं अधिवेशनले मीन गुरुङको नेतृत्वमा चयन भएको कार्यसमितिलाई एक औपचारिक घोषणा मार्फत सपथ ग्रहण गराई बैधानिकता दिईएको छ।
 
गत आइतबार जोर्डन स्थित ब्लु ओसन रेस्टुरेन्टमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, प्रमुख सचेतक तथा पुर्ब रक्षामन्त्री बालकृष्ण खाडले नवनियुक्त कार्यसमितिलाई सपथ ग्रहण गराएको हो। संस्थाको परम्परा अनुसार नवनियुक्त कार्यसमितिको नामावली नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यलयमा पठाए पछि पार्टिले कुनै केन्द्रीय सदस्यलाई हङकङ बोलाएर सपथ ग्रहण गराउने प्रचलन रहेको छ। खाड सङ्गै साम्सद सन्जय गौतम, तरुण दल केन्द्रीय कोषाध्यक्ष बिक्रम गुरुङ लगाययका उपस्तिथि रहेको थियो।
मीन गुरुङको सभापतित्वमा गठित समितिको उपसभापतिहरुमा पूर्व क्षेत्रबाट बिष्णु श्रेष्ठ र पश्चिम क्षेत्रबाट गोबिन राना मगर नियुक्त भएका छन्। त्यसैगरी महामन्त्री, सह महामन्त्री, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः शैलेन्द्र बोगटी, डा. श्रद्दा खड्का, सन्तोष गुरुङ र सरुण शेरचन नियुक्त भएका छन्। सदस्यहरुमा नवीन सुहाङ, ताहिर खान, नारद राई, डा. ईश्वर गुरुङ, देब राजन गुरुङ, दिपा गुरुङ, सिङ हाङ राई र उपेन्द्र बिक रहेका छन्।
सपथ ग्रहण गरे पश्चात गुरुङले बगैचाडटकमलाई भने” हङकङमा काङ्ग्रेसीहरु बिच बढिरहेको असन्तुष्टीका दुरिहरुलाई घटाएर एकता गराई काङ्ग्रेसलाई बलियो र भरपर्दो बनाउने मेरो प्रयास रहने छ, साथै विभिन्न संघ सस्थाहरुमा काम गरेको अनुभव र कमाएको मित्रताको गाठोलाई अझ बलियो बनाउदै पार्टी र समुदायको लागि मन वचन र कर्मका साथ सहकार्य र सह अस्तित्व का साथ अगाडि बढ्ने काम मेरो नेतृत्वले गर्नेछ”।
नवनियुक्त कार्यसमितिको पदावधी २ वर्षको हुनेछ। गुरुङ यो भन्दा अगाडि जगत शाहको नेतृत्वकालमा बरिस्ठ उपसभापति थिए।
 
सपथ सङ्गै पार्टी प्रवेश,

पार्टी प्रवेश बुलेट हाङ लिम्बु

उक्त कार्यक्रम कै दौडानमा बुलेट हाङ लिम्बू पार्टी प्रबेश गरेका छन। उनलाई खाडले टीका तथा खादा ओढाएर पार्टिमा प्रबेश गराएका हुन। लिम्बु पुर्ब राप्रपा हुन। “राप्रपा एकता भै सकेको अवस्थ तथा कम्युनिस्ट शासनमा रहेको बेला काङ्ग्रेस मै किन प्रबेश गरियो?” भनि बगैचाडटकमले सोधेको प्रश्नमा लिम्बू भने” त्यस्तो खास कारण छैन, तर गगन थापाको ब्याक्तित्व बाट प्रभावित भएर काङ्ग्रेस पार्टीमा प्रवेश गरेको हु”।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार