नेपालीहरुको लगानीमा ब्लु ओसियन रेष्टुरेण्ट एण्ड बार संचालनमा

  टोपबहादुर याक्खा

२४ फेब्रुअरी, हङकङ– नेपालीहरुको लगानीमा जोर्डनमा अर्को ठूलो रेष्टुरेण्ट ब्लु ओसियन रेष्टुरेण्ट एण्ड बार संचालनमा आएको छ ।
आइतबार नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष डासुराम पराजुली, ब्यापार संघका अध्यक्ष प्रकाश पुन, आदिवासी जनजाती महासंघ तथा पत्रकार संघका अध्यक्ष किसन राई लगायत विभिन्न पेशा, व्यावसाय तथा संघ संस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिति बीच औपचारिक कार्यक्रम गर्दै संचालनमा ल्याइएको हो ।
ठूला साना पार्टी, सेमिनरका साथै नियमिति ग्राहकहरुलाई समेत मध्यनजर राख्दै संचालनमा ल्याइएको उक्त रेष्टुरेण्टको सिटिङ क्यापासिटी ३ सय बढी रहेको रेष्टुरेण्टका म्यानेजिङ डाइरेक्टर सुरेश सुब्बाले बताए ।
५ जना संचालकद्धारा ५ मिलियन हङकङ डलर लगानीमा संचालनमा ल्याइएको उक्त रेष्टुरेण्टमा नेपाली, ईण्डियन, वेष्ट्रनका साथै चाइनिज र थाई परिकारहरु समेत उपलब्ध हुने रेष्टुरेण्टका म्यानेजिङ डाइरेक्टर सुरेश सुब्बाले बताए ।
जोर्डनस्थित साङघाई स्ट्रिट–८०, ओसियन बिल्डिङको एक तलामा रहेको उक्त रेष्टुरेण्ट नेपालीहरुद्धारा नै २ वर्ष अगाडीबाट जोर्डनमा संचालनमा ल्याएको बगैंचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस भन्दा करिब अढाई गुणा ठूलो रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार