हलेसी साँझ–४ मा सिक्किमे हमजाएगाले हसाए गायक गायिकाले नचाए

  टोपबहादुर याक्खा

१७ मार्च, हङकङ– अक्षयकोष स्थापनार्थ खोटाङ समाज हङकङद्धारा आयोजित ‘हलेसी साँझ–४’ मा चर्चित हाँस्य कलाकार सिक्किमे हमजाएगा ‘दिलिप गुरुङ’ ले दर्शकहरुलाई पेट मिचिमिच हँसाए भने अन्य गायक गायीकाहरुले नचाए ।
याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त सांगितिक साँझमा नेपाल र भारतबाट आएका कलाकारहरु चर्चित गायक तथा गीतकार राजन राज सिवाकोटी, गायक तथा संगीतकार महेश खड्का, चर्चित हाँस्य कलाकार सिक्किमे हमजाएगा ‘दिलिप गुरुङ’, गायिका मिना पुमा राई, गायकहरु सागर संसार राई, पदम थुलुङ, रोशन राईका साथै स्थानिय सम्युक्त स्टुडियो डान्स ग्रुप तथा एच.के.नेपाली डान्स गु्रपका कलाकारहरुले समेत दमदार प्रस्तुती दिएका थिए ।
हङकङबासी खोटाङेहरुलाई भइपरी आउँदा सहयोग गर्ने उदेश्यले स्थापना गर्न लागिएको अक्षयकोषको सहयोगार्थ आयोजित उक्त कार्यक्रममा समसामयीक विषयवस्तुहरु माथि व्यङग प्रहार गर्दै सिक्किमे हमजाएगाले हसाएका थिए भने राजन राज सिवाकोटी, महेश खड्का र मिना राईले दर्शकहरुलाई स्टेज मै उक्लिएर नाँच्न बाध्य पारेका थिए ।
स्थानिय सम्युक्त स्टुडियो डान्स ग्रुपको कौडा डान्स तथा एच.के.नेपाली डान्स गु्रपको खुकुरी नृत्यलाई पनि दर्शकहरुले उत्तिकै मन पराएका थिए ।

उद्धघोषकद्धय रामधन बेदना र पविता पुमा राईद्धारा संचालन गरिएको सांगीतिक कार्यक्रममा सर्जकहरुको गीत संगीत प्रयोग गरे वापद आयोजकका तर्फबाट समाजका अध्यक्ष टिका कोयी राईले रोयल्टी समाज नेपालका अध्यक्ष समेत रहेका गायक तथा संगीतकार महेश खड्कालाई १० हजार रुपैयाँ रोयल्टी हस्तान्तरण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार